मंगलबार १६ आश्विन २०८०

आज श्री शाके १९४४ बि.स.२०७९ असोज २३ गते आइतबार इश्वी सन २०२२ अक्टुवर ९ तारीख आश्विन शुक्ल पक्ष पूर्णिमा तिथी उत्तरभाद्रपदा नक्षत्र धु्रव योग भद्रा करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु पूर्णिमाव्रत , कोजाग्रतव्रत , योसिमतवियगुँ , आकाशदिपदानारम्भ , कतिस्पून्हि पञ्चक कात्तिकस्नान आरम्भ , अर्घा सरायपर्व , रासमहोत्सव । –
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खर्चिलाे कामले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौ’डधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नाबाटै टा’ढिनुपर्ने परिस्थिति आउन सक्छ । दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। खर्च लागे पनि काम सम्पादन गर्न सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही लाभांश अरूका लागि पनि खर्चनुपर्ने देखिन्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आस मा’रेकाे काम समेत सम्पादन हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। दिगाे काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अस्व’स्थताले काममा बा’धा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्या’त्मक परिस्थितिले अ’प्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। व्यावहारिक समस्याले काम राेकिन सक्छ। अर्थ अ’भाव देखिए पनि पहिलेकाे उपलब्धि जाेगाउन सफल भइनेछ। सूचना बाहिरिने समय रहेकाले गोप’नीयतामा ध्यान पुर्याउनुहोला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको ब’न्धन कसिलो हुनेछ। कामको चा’पबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ व्यापार बढ्नाले आयस्राेत सबल बन्नेछ। रमाइलो यात्राकाे साइत जुर्नेछ। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ। परिवारजनको सहयाेग जुट्नाले जाेश–जाँगर बढ्नेछ। मिहिनेतले फाइदा उठाउन सकिनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिस्पर्धामा उ’त्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले श’त्रुको म’नोबल क’मजोर पार्न सकिनेछ। पहिलेका दुश्म’नहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विज्ञको मार्गदर्शन पाइनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मान्यजनको मार्गदर्शन अ’नु’चित लाग्न सक्छ। क’मजोर विकल्प अँगाल्नाले कुनै अवसर गु’म्न सक्छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ। तर आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। कामले नाम र दाम दिलाउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। मिहिनेतले काम पूरा हुन सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हा’र खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द

अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्र’भाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्र’स्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।

२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया