बिहिबार ११ आश्विन २०८०

काठमाडौँ / नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले पार्टी प’रि’त्याग गरेका छन् । आगामी संघीय चुनावका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिने भएपछि उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

आज (शनिबार) सामाजिक सञ्जालमार्फत भुसालले एमालेमा नबस्ने निर्णय गरेको बताएका छन् । आफैले ४५ वर्षसम्म योगदान गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने स’म्भा’वना नदेखेको भन्दै उनले पार्टीमा बस्न नसक्ने बताए ।

‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै स’म्भा’वनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आ’न्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ भुसालले लेखेका छन्, ‘नेकपा एमालेभित्र रहँदा विधि, पद्धति र सही नी’तिका लागि स’ङ्घर्षमा लागेका स’ह’योद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यबद्धता रहनेछ ।’

साथै उनले सकहकर्मीहरूसँग कुनै विन्दूमा भेट हुने आशा गर्दै ‘राष्ट्रको सर्वोपरी हि’त’का लागि आफू उत्तिकै सक्रिय रहने समेत बताएका छन् ।

१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया