शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / एमाले पोलिटब्युरो सदस्य एवं पूर्वसांसद बालकृष्ण ढुंगेलको मृ’त्यु भएको छ । ओखलढुंगाका नेता ढुंगेलको काठमाडौं काँडाघारीस्थित निवासमा मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा ल’डे’र उहाँको मृ’त्यु भएको हो ।

दसैँको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उहाँ एक्लै घरमा रहेको र सोही क्रममा ल’डे’र मृ’त्यु भएको प्रहरीले जनाएको छ । अहिले घ’ट’नास्थलमा पुगेर प्रहरी टोलीले घ’ट’नास्थल प्रकृति मु’चुल्का उठाउन थालेको छ ।

विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको त’त्का’लीन नेकपा फुटेपछि उहाँ एमालेमै बस्नुभएको थियो । ढुङ्गेल द्व’न्द्वका क्रममा उज्जन श्रेष्ठ ह’त्या आ’रोपमा जे’लसमेत बस्नुभएको थियो । यसअघि उहाँ संविधानसभाका सदस्यसमेत बन्नुभएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहोराका अनुसार घरमा एक्लै रहेका ढुंगेल आज विहान बाथरुममा मृ’त भेटिनुुभएको हो । उहाँ हिँड्ने क्रममा चि’प्लिएर ल’डे’को हुनसक्ने बताइएको छ ।

पारिवारिक सदस्य अर्जुन ढुंगेलका अनुसार नेता ढुंगेल लामो समयदेखि कि’ड्नीका बि’रामी हुनुहुन्थ्यो । विगत केहिदिनदेखि डेंगु भएपछि उहाँ घरमै आराम गरिरहनुभएको थियो ।

३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया