शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० वाट पराजित हुदाँ सिरहा–५ वाट बिजयी भएका थिए भने २०७४ मा चितवन–३ वाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने काठमाडौं–२ वाट उम्मेदवार हुन लागेको हुन ।

बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ वाट निर्वाचन नलडने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । माओवादी अध्यक्ष प्रचण्डले चारवटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाएका छन ।

यो पनि :- काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार :
काभ्रेपलाञ्चोक / नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन । यस्तो छ जिल्लाका उमेद्वारहरु को सूची:

प्रतिनिधिसभा:
१. रेशम लामा
२. गोकुल बाँस्कोटा

प्रदेशसभा:
१. क दिलिप लामा
१. ख चन्द्र लामा

२. क कुमार खकुरेल
२. ख कुमार थापा

२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया