मंगलबार १६ आश्विन २०८०

काठमाडौं / नेकपा एमालेका नेता भीम रावलले अछाम १ बाट कसले टिकट पाएको हो ? भन्ने आधिकारिकता बुझिरहेको बताएका छन् । उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए ।

रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । रावलको निर्वाचन क्षेत्रसहित सुदूरपश्चिमका प्रतिनिधि सभातर्फका सबै (१५) निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिसकेको छ ।

यो पनि :- जसपा नेता कौशल यादव लोसपा प्रवेश :
जनकपुरधाम / जनता समाजवादी पार्टी नेपालका निवर्तमान प्रदेशसभा सदस्य कौशल किशोर यादव लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका छन्। जसपा नेपाल प’रि’त्याग गरेका यादवलाई लोकसपाका केन्द्रीय अध्यक्ष महन्त ठाकुर तथा वरिष्ठ नेता शरतसिंह भण्डारीले पार्टी प्रवेश गराएका हुन्।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को (क) बाट जसपा नेपालबाट विजयी सांसद यादव लोसपा प्रवेश गरेका हुन्। जसपाले स्थानीय तहको निर्वाचनमा अ’न्त’र्घात गरेको भन्दै का’र’बाहीको लागि क्षेत्रीय र जिल्ला कमिटीले सिफारिस गरेको थियो।

उनीसँगै एमालेका महोत्तरी भुपु जिल्ला अध्यक्ष विनोद कुमार साह लगायत दर्जन नेता तथा कार्यकर्ताहरुले लोकतान्त्रिक समाजवादी पार्टीको मुख्यालय काठमाडौंमा पार्टी प्रवेश गरेका हुन्।

११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया