शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / २०७४ को निर्वाचनमा चितवन–३ बाट सांसदमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बन्ने भएका छन्।

शुक्रबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डलाई गोरखा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । २०६४ मा रोल्पा– २ र काठमाडौं– १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० मा काठमाडौं–१० बाट दोहोर्‍याएर ल’ड्दा प’रा’जित भएका थिए भने भने सिरहा–५ जितेका थिए।

२०७४ मा चितवन ३ बाट विजयी भएका प्रचण्डले यसपटक गोरखा रोजेका छन् । गोरखा २ मा डा. बाबुराम भट्टराईले निर्वाचन नलड्ने भएपछि उक्त निर्वाचन क्षेत्र प्रचण्डले रोजेका हुन् । प्रचण्डलाई कुनै समयका सहयात्री बाबुरामले साथ दिएका छन् ।

यो पनि :- दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीले पाइन् टिकट :
काठमाडौं / कोमल वलीले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट टिकट पाएकी छन् । वलीलाई नेकपा (एमाले)ले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव ल’ड्न टिकट दिएको हो ।

वलीले २०७४ सालकै निर्वाचनमा उक्त क्षेत्रबाट चुनाव ल’ड्ने तयारी गरेकी थिइन् । तर, पार्टीले टिकट नदिएपछि चु’प बसेकी वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

तर, आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि एमालेले वलीलाई सो क्षेत्रबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो । दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन् ।

९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया