आइतबार १५ माघ २०७९

काठमाडौं / आगामी मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले अछाम–१ मा नेता भीम रावललाई छाडेर झपट बोहोरालाई टिकट दिएको छ ।

नेकपा माओवादी केन्द्र छोडेर एमालेमा भित्रिएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्जसमेत हुन् । रावलसँग अनेक ति’क्तता खे’पेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई सबक सिकाउन लागि पनि बोहोरलाई टिकट दिएको बताइएको छ ।

एमालेका मुख्य नेताहरुको भनाइ अनुसार आगामी मंसिर ४ गतेको चुनावमा उम्मेद्वार बन्नका लागि टिकट वितरणको अन्तिम जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ । र, ओलीले अछाम १ मा बोहोरालाई नै टिकट दिने अन्तिम निर्णय पनि गरिसकेका छन् ।

तर, उता अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको छ । प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले संसद् वि’घटन गर्दा रावल ओली’वि’रुद्ध ख’रो रुपमा उ’त्रिँदै माधवकुमार नेपाललाई साथ दिएका थिए । पछि नेपालले अलग्गै पार्टी खोले पनि रावलसहितका नेताहरु दश बुँदे समझदारी गरी एमालेमै फर्किएका थिए ।

पछि एमालेको चितवनमा महाधिवेशनमा पनि सर्वसम्मतिमै पदाधिकारी टुंगो लगाउने भनिए पनि रावल अध्यक्षमा उम्मेदवारी बनेका थिए । अध्यक्षको उम्मेदवार बने पनि उनी ओलीसँग प’रा’जित भएका थिए ।

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया