शनिबार २३ मंसिर २०८०

काठमाडाैँ / जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनकाे बैठक छाडेर प्रतिपक्षी एमालेसँग सिटकाे बा’र्गे’निङमा छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक जारी छ, जसपा भने अनुपस्थित छ ।

एमालेसँगको चुनावी ता’ल’मेल अन्तिम चरणमा पुगेपछि जसपा शुक्रबार बिहान ९ बजेदेखि जारी सत्ता गठबन्धन बैठकमा अनुपस्थित भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । जसपाले गठबन्धनबाट बाहिरिने संकेत देखिएपछि अब गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गरी ४ दलीय मात्र रहने भएकाे छ ।

जसपाका लागि छुट्याइएको सिट अब जनमोर्चाबाहेक दलले बाँडफाँट गरेर जाने गठबन्धनमा सहमति जुटेको छ । यद्यपि, जसपालाई केही समय कुर्ने भन्दै यही बीचमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस बैठकपछि पनि जसपा नआएमा गठबन्धनमा ४ दल मात्रै अघि बढ्न सहमत भएका छन् ।

उता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने जसरी पनि सत्ता गठबन्धनलाइ कमजाेर बनाउने रणनीतिमा छन् । त्यही भएर सत्ता गठबन्धनले जसपालाई दिनेभन्दा बढी सिट दिएर उनले एमालेसँग तालमेलका लागि तानेकाे बताइएकाे छ ।

प्रतिनिधिसभातर्फ गठबन्धनले १६ सिट दिने गरी सहमति जुटाएको थियो । तर, यता एमाले अध्यक्ष ओली भने २० देखि २४ सिटसम्म दिन राजी भएपछि जसपा सत्ता गठबन्धनबाट अलग्गिने तयारीमा रहेकाे बुझिन्छ । न्यु’ज 24 नेपाल बा’ट ।

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया