आइतबार ०७ आश्विन २०८०

काठमाडौँ / नेकपा एमालेकी निवर्तमान सांसद एवं नेतृ गंगा चौधरीले आगामी मंसिर ४ गतेको चुनावका लागि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको उनले बताएकी हुन् । उनले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’

चौधरी एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी थिइन्। सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन् ।

यो पनि पढ्नुहोस्:- १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना :
काठमाडौं / निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ । असोज २१ गते बिहीबारसम्म निर्वाचन आयोगले दिएको तोकेको समय सीमाभित्र नै प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो ।

निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारसम्म १६५ वटै प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइसकेको बताए । उनले स्थापना भएका कार्यालयहरुमा जनशक्ति र आवश्यक व्यवस्थापकीय कामहरु पनि पूरा भएको बताए ।

स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार र शनिबारको समय असोज २३ गते हुने प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनका लागि तयारीको समय रहेको बताए । उनले निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने बताए ।

सह प्रवक्ता अर्यालले प्रतिनिधि सभाको प्रत्यक्ष र प्रदेश सभाको १ र २ को प्रत्यक्षका लागि उम्मेदवारहरुको विवरण संकलन गर्नुपर्ने बताए । निर्वाचन अधिकृतहरुले प्रतिनिधि सभाको लागि छुट्टै कक्ष र प्रदेश सभाको १ को लागि छुट्टै र दुईको लागि छुट्टै गरेर तीन वटा ठाउँमा तोकिएको समयभित्र द’र्ताको व्यवस्था मिलाइने बताए ।

एनले भने, ‘निर्वाचन अधिकृतको कार्यालय स्थापनाको लागि प्रारम्भमा असोज २१ गतेको मिति तोकिएको थियो । पृष्ठपोषणकै आधारमा २१ गते स्थापना गर्दा अलिकति ढिला हुन्छ, अरु व्यवस्थापन गर्न भन्ने सुझाव आएका कारण आयोगले निर्णय गरेर १५ देखि २० गतेसम्म अनुकुलता हेरेर कार्यालय स्थापना गर्ने भनेअनुसार हिजोसम्म १६५ वटै प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा कार्यालयहरु स्थापना भइसकेका छन् ।

कार्यालय स्थापना हुनुको अर्थ त्यहाँ ज’नशक्ति पनि को’भि’ड व्यवस्थापनदेखि हरेक कुराहरुको व्यवस्थापन भएको मान्नुपर्छ । बीचमा २१ र २२ गतेको दुई दिनको समय छ, त्यो तयारी समय पनि भयो । २३ गते मनोनयन दर्ताको समय छ । प्रशासनिक व्यवस्थापन हामीले कतिपय कुराहरु कानूनले तोकेबमोजिम नै हुन्छ । कतिपय कुराहरु निर्वाचन अधिकृतज्यूहरुको व्यक्तिगत कुशलतामा पनि भर पर्छ । उहाँहरुले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने हुन्छ, मनोनय दर्ता गर्नुपर्ने हुन्छ ।’

उनले थपे, ‘पहिलो प्रतिनिधि सभाको निर्वाचन क्षेत्रअनुसारको उम्मेदवारी दर्ता गर्नुपर्छ । त्यही प्रतिनिधि सभाको निर्वाचन क्षेत्रभित्र दुई चिरा पारेर वडाहरु नफुटाल्ने तर दुई चि’रा पारेर निर्वाचन क्षेत्र प्रदेश सभाको १ र २ तोकिएका छन् । १ मा छुट्टै उम्मेदवारी दर्ता हुन्छ, दुईको लागि छुट्टै हुन्छ । त्यसको लागि नर्वाचन अधिकृतले आफ्नो कार्यालयमा त्यसरी व्यवस्थापन गर्नुहुनेछ । प्रतिनिधि सभाको लागि छुट्टै कक्ष, प्रदेश सभाको १ को लागि छुट्टै कक्ष र दुईको लागि छुट्टै गरेर तीन वटा ठाउँमा प्यारालल्ली द’र्ता तोकिएको समयभित्र हुनेगरी द’र्ताको व्यवस्था मिलाउनु हुनेछ ।’

सह प्रवक्ता अर्यालले आयोगले प्रत्यक्ष तर्फको दल दर्ताका लागि व्यवस्थित गर्न अहिलेको आचारसंहीताले सहज बनाएको बताए । उनले विगतमा हुने तामझाम र बाजागाजासहितको प्रचलनलाई अ’न्त्य गरी २५ जना मात्रै उपस्थित हुन पाउने प्रावधानले दल दर्ताका लागि केही सहज बनाएको बताए ।

उनले ठूलो दलहरु दल द’र्ता गर्न जाँदा भी’डभाड हुनसक्ने अवस्थालाई मध्यनजर गरी निर्वाचन अधिकृतले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गरी समय निर्धारण गर्नसक्ने बताए । उनले कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचारणद्ध गराउने ? भन्नेकुराको छलफलसँगै अनुशासन र आचारसंहीताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता हुनेमा आयोग विश्वस्त रहेको बताए ।

उनले भने, ‘दर्ताको लागि व्यवस्थित गर्न, भीडभाड हुन नदिन, मितव्ययी होस् र सुव्यवस्थित रुपमा मनोनयन दर्ता प्रक्रिया अघि बढोस् भन्नका लागि अहिलेको आचारसंहीताले केही कुरालाई सम्बोधन गरेको छ । एकदमै तामझाम र बाजागाजासहित आउने विगतको प्रचलन थियो, त्यसलाई केही अनुशासनवद्ध गराउन २५ जनाभन्दा बढी त्यस्तो खालको मनोनयनमा नआइदिन आयोगले आचारसंहीतामा गर्न नहुने कार्यभित्र राखेर निर्देशन दिइसकेको हुनाले दल वा स्वतन्त्र उम्मेदवारले सो समयमा निश्चित संख्यामा आएर दर्ता गर्नुहुन्छ ।’

उनले थपे, ‘यो गर्दा भी’डभाड कम हुने र त्यसमा पनि एकैपटक नगर्नको लागि विशेषतः भी’डभाड हुने भनेको ठूला दलहरुको हुनसक्छ । उहाँहरुको लागि थोरै समय मिलाएर, उहाँहरुको अनुकुलतालाई हेरेर निर्वाचन अधिकृतले धेरैजसो निर्वाचन क्षेत्रमा आज र भोलि उहाँहरुले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गर्नुहुन्छ । कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचारणद्ध गराउने ? भन्ने तरिकाले निर्वाचन अधिकृतले सानो छलफल गरिसकेपछि मनोनयन दर्ता बढी व्यवस्थित अनुशासन र आचारसंहीताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता कार्यक्रम हुनेछ ।’

सह प्रवक्ता अर्यालले मनोनयन दर्ताका लागि जाने क्रममा भी’डभाड बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई कडा पारिएको बताए । उनले मनोनयनका लागि एकैपटक भी’ड नबढाउन दर्ता स्थल फरकफरक गर्ने, ठूला दलहरुको लागि समय मिलाउने र आचारसंहीता अनुसार २५ जना मात्रै सहभागी बन्ने हो भने व्यवस्थित रुपमा मनोनयन प्रक्रिया अघि बढ्ने बताए ।

५५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया