
बारा / पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दु’र्घ’टना हुँदा मृ’त्यु हुनेको सङ्ख्या १६ पुगेको छ । दु’र्घ’टनामा मृ’त्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।
चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अ’नि’यन्त्रित भइ दु’र्घ’टना भएको हो । दु’र्घ’टनामा ३६ जना घा’इते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।
ग’म्भी’र घा’इ’ते अवस्थाका तीन जनाको उ’प’चारका क्रममा हेटौँडा अस्पतालमा मृ’त्यु भएको हो । घा’इतेको हेटौँडा अ’स्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उ’प’चार भइरहेकोे छ । घा’इ’ते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृ’त्यु भएका नौ जनाको स’ना’खत भएको छ ।
हेटौँडा अस्पतालमा उ’प’चारका क्रममा मृ’त्यु भएका १२ जनामध्ये नौ को स’ना’खत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । मृ’त्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया एसपी गौतमले जानकारी दिए ।
ब’समा सवार यात्रुको सङ्ख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दु’र्घ’टना भएको हो ।