आइतबार ०७ आश्विन २०८०

काठमाडौं / पाँच दलीय सत्ता गठबन्धन, चितवनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नम्बर ३ नछाड्न आ’ग्र’ह गरेको छ ।

पाँच दलीय गठबन्धन, चितवनका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको बैठकले आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै ल’ड्न अपिल गरको हो ।

प्रचण्ड अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको खबरप्रति ग’म्भीर ध्यानाकर्षण भएको जनाउँदै पाँच दलीय गठबन्धन, चितवनले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘गठबन्धन दलका शीर्ष नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएकोप्रति ग’म्भी’र ध्या’नाकृष्ट हुँदै मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असा’न्दर्भिक ठ’हर गर्दै मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिन हुन अपिल गर्ने निर्णय गरिन्छ ।’

प्रचण्ड गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचन ल’ड्ने चर्चा चल्दै आएको छ । गोरखा–२ बाट निर्वाचन जित्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट निर्वाचन नउठ्ने घोषणा गरिसकेका छन् ।

त्यस्तै बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । केन्द्रमा भएको निर्णयबमोजिम जिल्लास्थित पाँच दलीय गठबन्धन स’म्भावित उम्मेदवारलाई विजयी गराउन लागिपर्ने बैठकको निणर्य छ ।

बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भूजेल पनि सहभागी थिए ।

२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया