आइतबार १७ मंसिर २०८०

इटहरी(सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व मेयर तथा एमाले सुनसरीका पूर्वअध्यक्ष द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा चौधरीले एमाले परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेका हुन् । चौधरीलाई दाहालले माओवादी पार्टीमा स्वागत गर्दै खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

माओवादी प्रवेश गरेका चौधरीले एमाले पार्टीलाई केपी ओलीले सहि नेतृत्व गर्न नसकेको र एमालेमा ख’रा’ब प्रवृत्ति हा’बी भएका कारण एमाले परि’त्या’ग गरी माओवादी प्रवेश गरेको बताएका छन् ।

उनले एमाले अध्यक्ष ओलीले मधेस र मधेसी जनताको वि’रु’द्द लागेर मधेसलाई अ’प’मान गरेको पनि आ’रोप लगाएका छन् । चुनावको मुखमा चौधरीले एमाले परि’त्या’ग गरेपछि एमालेलाई सुनसरी क्षेत्र नम्बर २ मा अ’पू’रणीय क्ष’ति हुने भएको छ ।

चौधरी समुदायको बाहुल्य क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर २ (क) मा उनलाई नै माओवादी पार्टीले उम्मेदवार बनाउने चर्चा चलेको छ ।

चौधरीले भने आफू झापामा केपी ओलीसँगै चुनाव ल’ड्ने इच्छा व्यक्त गरेका छन् । उनले माओवादीले टिकट दिए ओलीलाई झापामा चुनाव ह’रा’उने आफूसँग ता’गत रहेको बताए । – रत्नप्रसाद आचार्य / अ’न्न’पूर्ण पो’ष्ट बाट ।

११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया