
काठमाडौं, असोज १५ गते / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र वि’द्रो’ह गर्ने बेला आएको बताएका छन् ।
शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले वि’द्रो’ह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको ह’ति’यारमात्र हुने बताएका हुन् ।
पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै वि’द्रो’ह गर्नुपर्ने बेला आएको जि’की’र गरेका हुन् ।
निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति अ’स’न्तुष्ट रहँदै आएको शेखर–गगन समूहले स’च्या’उनलाई अ’ल्टि’मेटमसमेत दिएको छ ।
यो पनि :- काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा, राजसंस्थाको एजेण्डा लिएर जाने
काठमाडौं / राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने बताएका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गर्दै उनले राजसंस्थाको एजेण्डा लिएर जनतामाझ जाने बताएका छन् ।
विवेकशील साझा पार्टी प’रि’त्याग गरि हालै राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । जनतमाझ जाँदा संवैधानिक राजसंस्थाको एजेण्डा लिएर जाने बताउँदै उनले आफूले भोट नपाए पनि जनतालाई धन्यवाद दिने बताए ।
राजाको माया लागेर नभएर देशको हितका लागि राजसंस्थाको कुरा गर्दै भन्दै उनले भने, ‘देशमा कुनै न कुनै रूपमा संविधानले बाँ’धे’र राजसंस्था पुनर्स्थापित गर्नुपर्छ । म यही एजेण्डा लिएर जनतामाझ जान्छु । भोट पाए पाउँछु, नत्र खुसीसाथ धन्यवाद व्यक्त गर्छु ।’