
– डा. रविन्द्र पाण्डे / काठमाडौं उपत्याकामा डेंगुको प्र’को’प अक’ल्पनीय छ । घरघरमा सि’कि’स्त बि’रा’मी छन् । यस अघिका डेंगुका प्र’को’पभन्दा यो निकै फरक छ । अधिकांश सं’क्र’मितलाई को’भिड भन्दा गा’ह्रो भएको छ ।
सबै अस्पताल प्या’क छन् । आइ’सी’यू र भे’न्टि’लेटरमा धेरै संक्र’मित छन् । निको भएका संक्र’मित निकै क’म’जोर अवस्थामा छन् । पो’स्ट’कोभिड जस्तै पोस्ट डेंगु सि’न्ड्रोम क’ष्ट’प्रद छ ।
जुन संक्र’मितले खाना, फलफूल, पानी प्रशस्त खाएका छन्, उनीहरू छिटो निको भएका छन् । जुन संक्र’मितलाई सुरुमै बा’न्ता भएको छ, उनीहरू खान तथा पिउन ड’रा’उँदा सि’कि’स्त भएका छन् । पारासिटामोलको च’र्को अ’भा’व छ । धेरै संक्र’मितलाई एउटा पारासिटामोलले ज्व’रो घटाएको छैन ।
पारासिटामोलको अधिक से’वनले अ’म्ल’पित्त बल्झेको छ । क’ले’जोमा अ’सर गरेको छ । डेंगुमा पारासिटामोलको विकल्प नै छैन । ज्व’रो, टा’उको दु’खा’इ, हातखुट्टा दु’खा’इ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन । अहिलेको डेंगुले कतिपय बिरामीलाई हा’त’खुट्टा नच’ल्नेसम्म भएको छ ।
तपाईं वा आफन्त संक्र’मित भएको छ भने यी कुरामा ध्यान दिनुहोला: १. जति सक्यो दाल, गेडागुडीको रस, मेवा, किवी, अनार, जुनार, पाकेको फर्सी, पालुंगो, दुध, जीवनजल, सादा पानी पटक-पटक प्रशस्त खुवाउनुहोला ।
२. मनतातो पानीपट्टी तथा पारासिटामोलले ज्व’रोलाई नि’य’न्त्रण गर्नुहोला । ३. बा’न्ता भएमा बा’न्ता रोक्ने औषधि से’व’न गर्नुहोला । ४. शरीरमा ए’ल’र्जीजस्तै बि’मिरा भएमा एल’र्जीको औषधि से’वन गर्नुहोला ।
५. झु’क्किएर पनि फ्लेक्सन, ब्रुसेट, पाराफ्लाम, निम्स आदि पेन कि’ल’र नखानुहोला। ६. शरीरमा पानी कम भए, खान नसके, ज्वरो नि’य’न्त्रण नभए, नाकमुख वा अन्य ठाउँबाट र’ग’त आएमा तुरुन्त नजिकको अस्पतालको इ’म’र्जेन्सीमा जानुहोला । ७. बालबालिकाको ज्व’रो नि’य’न्त्रणमा न’राखे बे’हो’श हुन सक्छन् । ज्व’रो नि’य’न्त्रण नभए एक मिनेट पनि घरमा नराख्नुहोला । ८. चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि से’वन नगर्नुहोला ।
९. डेंगुमा अ’न्धा’धुन्ध मेवाको पात खाने लहर चलेको छ । मेवाको पातले डेंगु निको गर्दैन । प्ले’ट्लेट्स धेरै घ’टेमा बढाउने काम गर्छ । त्यसको लागि औषधि कम्पनीले निकालेका च’क्की वा चिकित्सकको सल्लाह अनुसार मेवाको पात प्रशोधन गरेर दिनमा ३० मिलि भन्दा धेरै प्रयोग नगर्नुहोला । मेवाको पातको रस, मेवा, किवी आदिले प्ले’ट्लेट्स बढाउने प्रमाणित तथ्य हो ।
१०. महंगा फुड सप्लिमेन्ट तथा भिटामिन नखानुहोला । खानुपरेमा औषधि कम्पनीले उत्पादन गरेका भिटामिन चिकित्सकको सल्लाह अनुसार खानुहोला । ११. ल’क्ष’ण देखिनेबित्तिकै प्ले’ट्लेट्सको जाँच गर्ने तथा डेंगु प’रि’क्षण गर्नु गर्नुहोला । दुई दिन बिराएर प्ले’ट्ले’ट्सको टेस्ट गर्नुहोला । प्लेट्लेट्स ७० हजारभन्दा कम भएमा चिकित्सकसँग तुरुन्तै सम्पर्क राख्नुहोला ।
१२. डेंगुले धेरै दु:’ख दिन्छ तर सि’ति’मिति मा’र्दै’न । मनोबल उच्च राख्नुहोला । डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नजिकको सम्पर्कबाट सर्दैन । सं’क्र’मितलाई टो’के’को लामखुट्टेले टो’के’मा मात्र सर्दछ । तसर्थ लामखुट्टेको टो’का’इबाट ब’च्ने हर प्रयास गर्नुहोला । (डा. पाण्डेको फेसबुकबाट साभार)