
उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन।
सन् २०१२ को गर्मीयामदेखि रि सोल-जु सार्वजनिक रुपमा देखिन थालेकी हुन्। त्यसको केही समयपछि सरकारी सञ्चारमाध्यमले रि सोल-जु किम जङ-अनकी श्रीमती भएको बताउन थाले तर त्यसअघिको पनि उनको जीवन एउटा पहेली जस्तै छ। केही सञ्चारमाध्यमका अनुसार उनी एक गायिका थिइन् । तर केही सञ्चारमाध्यमहरु रि सोल-जु राष्ट्रिय खेलकुद टोलीकी ‘चीयरलीडर’ भएको बताउँछन्।
उत्तर कोरिया लिडरशीप वाच वेबसाइटकी सहयोगी सिएर म्याडनले बीबीसीसँग कुरा गर्दै भनिन्, “रि सोल-जुको बिहे सन् २००९-१० मा भएको थियो। त्यसअघि उनी एक गायिका र चीयरलीडर थिइन्, उनले जापान र दक्षिण कोरियाको यात्रा पनि गरेकी थिइन्।” रि सोल-जुको जीवनबारे यो भन्दा बढी जानकारी उपलब्ध छैन।
उनको उमेरबारे उत्तर कोरियाली शासकको तर्फबाट कुनै जानकारी उपलब्ध गराइएको छैन। तर रि सोल-जुको उमेर ३० वर्षभन्दा बढी नभएको ठानिन्छ। सधैँ मुस्कुराइरहने र सार्वजनिक कार्यक्रममा किम जङ-अनसँगै देखिने रि सोल-जुको तुलना पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग गरिन्छ।
म्याडनका अनुसार उत्तर कोरियामा रि सोल-जुको भूमिका मिशेल ओबामाभन्दा कम हुन सक्दैन। पछिल्लो समय क्षेप्यास्त्र परीक्षण र सौन्दर्य उत्पादक कम्पनीको उद्घाटन लगायतका कार्यक्रममा रि सोल-जु किम जङ-अनसँगै देखिएकी थिइन्।
हालसालै कैयौँ मुलुकले उत्तर कोरियालाई विलाशी सामानहरु निर्यात गर्न बन्द गरेका छन्। त्यसलाई मध्यनजर गर्दै सौन्दर्य सामाग्रीको अभाव नहोस् भनेर उत्तर कोरियाले त्यसको उत्पादन थालेको बताइन्छ। किम जङ-अनले श्रीमती रि सोल-जुलाई आफूसँगै सार्वजनिक कार्यक्रममा उपस्थित गराएर एउटा परम्परा पनि तोडेका छन्।
उनका बुवाले आफ्नी श्रीमतीहरुलाई सार्वजनिक कार्यक्रममा उपस्थित गराउने गरेका थिएनन्। म्याडन भन्छिन्, “यो नयाँ कुरा नै हो किनकि रि सोल-जुलाई उत्तर कोरियामा आमाको स्थान दिन थालिएको छ।” उत्तर कोरियाको सत्तारुढ परिवारबारे अवलम्बन गरिने गोपनीयताका कारण किम जङ-अनका सन्तानको संख्याबारे पनि वास्तविक जानकारी छैन। दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार रि सोल-जुले गत फेब्रुअरीमा तेस्रो बच्चा पाएकी थिइन् तर बच्चाको लिङ्ग र नामबारे केही थाहा हुन सकेको छैन।
पछिल्लो वर्षको सात महिनाजति रि सोल-जु सार्वजनिक रुपमा नदेखिएपछि त्यतिबेला उनी गर्भवती भएको अनुमान गरिएको थियो। रि सोल-जुले पहिलो बच्चा सन् २०१० मा र दोस्रो बच्चा सन् २०१३ मा पाएको बताइन्छ तर बाह्य संसारलाई बच्चाहरुको लिङ्गबारे थाहा हुन नसकेकोले किम जङ-अनको उत्तराधिकारीबारे केही अनुमान गर्ने अवस्था छैन। अनजानमा बास्केटबल खेलाडी डेनिस रोडम्यानले किम जङ-अनका दोस्रो सन्तान छोरी भएको सार्वजनिक गरेका थिए।
गार्डियन पत्रिकालाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले किम जङ-अन एक असल व्यक्ति भएको र उनकी एक छोरी पनि रहेको बताएका थिए। बिदा मनाउने क्रममा किम जङ-अनकी छोरीलाई हातमा लिएर आफूले खेलाएको रोडम्यानले बताएका थिए। हालै किम जङ-अनले आफ्नी बहिनी किम यो-जङलाई नीति निर्माणको तहमा पुर्याउँदै थप अधिकार प्रदान गरेका थिए। सार्वजनिक कार्यक्रममा प्रायः किम जङ-अनसँगै देखिने ३० वर्षीया किम यो-जङले दाइको सार्वजनिक छवि बनाउनमा भूमिका निर्वाह गरेको ठानिन्छ।
उनले उत्तर कोरियामा कम्प्युटर साइन्स पढेका थिए । कोरियाको किम इल सुङ युनिभर्सिटीबाट भौतिकशास्त्र र किम इल सुङ मिलिटेरी एकेडेमीबाट सैन्य शास्त्रमा गरी दुई विषयमा स्नातकोत्तर गरेका छन् । नेता उनसँग हुने कोरियाली सैनिकको हातमा बन्दुक नभई डायरी र कलम हुने गरेको छ । उनका साथमा रहने सैनिकहरू सबैले उनले बोलेका कुरा डायरीमा अनिवार्य रूपमा टिप्नुपर्छ ।
किम जोङ उनले स्वीटजरल्याण्डको जर्मन स्कुलमा अध्ययन गरेका हुन् । सन् १९९६ बाट २००० सम्म किमको पढाइ यूरोपमा भएको थियो । सुरूवातबाटै उनी आफ्नी आमाकी बहिनीका साथ रहेका थिए । सन् १९९८ मा उनी अमेरीका गइन् र नाम परिवर्तन गरिन् ।
द वाशिंगटन पोस्टसँगको अन्तरवार्तामा उनकी सानी आमा को यंग सकले भनेकी छिन्, “किम समस्या उत्पन्न गर्ने बालक त थिएनन् तर उनी चकचके र सहनशील थिएन ।’’ किमसँगै पढ्नेहरुले उनलाई दूतावासमा काम गर्ने कुनै कर्मचारीको छोरा भएको अड्कल गरेका थिए ।
किम विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका छन् । त्यति मात्र होइन उत्तर कोरियामा निकै डरलाग्दा कानुनहरु रहेका छन् । आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमतीका लागि पनि निकै कडा नियमहरु बनाएका छन् ।
ती नियमहरुः
१. नेपाल, भारत लगायत विश्वका केही देशहरुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपनाउने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवाहपछि पूरै नाम नै परिवर्तन गरिदिए । र, उनकी पत्नीको जन्मनाम छोडेर रि सोल जू नाम राखियो ।
२. उत्तर कोरियामा ‘फस्र्ट लेडी’ लाई हरेक समय जनमासमा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल ‘स्पेशल अपियरेन्स’ मा मात्र देखिने अनुमति हुन्छ ।
३. रि सोल जूलाई उच्च सैनिक सुरक्षाको बीच राखिएको छ । उनको हरेक गतिविधिमाथि निगरानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन ।
४. प्राय विश्वका देशहरुमा ‘फस्र्ट लेडी’ लाई शोकस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शोकस्थलमा जाने अनुमति दिइएको छ ।
५. रि सोल जू आफ्नो इच्छा अनुसार कुनै पनि ठाउँमा जान सक्दिनन् । उनलाई सधैँ किम जोङसँग देखिन्छ ।
६. रि सोल जू तीन बच्चाकी आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आधिकारिक पुष्टि भएको छैन । किनकी जूलाई आफ्नो गर्भावस्थाको बारेमा जानकारी गराउँने अनुमति छैन ।
७. किमकी श्रीमतीलाई कुनै पनि सञ्चार माध्यमले कभर गर्न पाउँदैनन् । त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समाचार प्रकाशित गरिन्छ न कुनै तस्बिर लिइन्छ ।
८. उत्तर कोरियाका शासक वर्गमा विवाहको तुरुन्तै बच्चा जन्माउने नियम रहेको छ । विरासतलाई अगाडि बढाउन छोरा जन्माउनै पर्ने दबाब पनि हुन्छ ।
९. फस्र्ट लेडी भएकाले जूलाई सधैँ फर्मल स्टाइलमा देखिनुपर्ने हुन्छ । उनी स्कर्ट, टप र कोट लगाउनुपर्छ । उनको स्कर्टले सधैँ घुँडा छोप्नुपर्ने हुन्छ ।
बाल्यबस्था : सन् १९९२ काे कुरा हाे। प्याेङ्याङस्थित एउटा विलासी निवासमा एक आठ वर्षीय बालकको जन्मोत्सवमा विशेष भोज आयाेजना गरिएकाे थियाे। उनले पाएका उपहारमध्ये एउटा विशेष थियाे। त्याे जनरलकाे पाेसाक थियाे। सक्कली नै। सानाे आकारको भए पनि काेरियाली जनसेनाका जनरलले लगाउने औपचारिक पोसाक।
उक्त भोजमा वरिष्ठ जनरलहरू पनि उपस्थित थिए। उनीहरूले ती बालकलाई अभिवादन गरे। उनी किम जङ-अन थिए। ती बालक कसरी ‘जनरल किम’ बने भन्ने वृत्तान्त सन् २०१६ द वाशिङ्टन पाेस्टमा प्रकाशित किमकी सानीमाकाे अन्तर्वार्तामा उल्लिखित छ।
झन्डै दुई दशकअघि गो यङ-सुक र उनका श्रीमान् पाश्चात्य देशकाे शरणमा पुगेका थिए। उनीहरू अहिले न्यू याेर्कबाहिर कतै गुप्तवासमा छन्। उक्त जन्मोत्सवदेखि नै किम जङ-अनलाई किम जङ-इलकाे उत्तराधिकारीका रूपमा छानिएको आफूलाई लागेको उनले अन्तर्वार्तामा बताएकी छन्।
सबैबाट त्यस्तो व्यवहार पाएका हुनाले उनलाई सामान्य मानिसजसरी हुर्कन असम्भव थियाे,” गोले बताइन्। किम जङ-अनले पछि सत्ता सम्हाल्ने पूर्वानुमान सबैभन्दा पहिले केन्जी फुजिमाेताे भनेर चिनिने एक जना जापानी सुशी शेफले गरेका हुन्।
सन् १९९० काे दशकमा फुजिमाेतो किमका विश्वासपात्रहरूको समूहमा सदस्यजस्तै बन्न पुगेका थिए। उनी किम जङ-इलका लागि जापानी परिकार बनाउँथे। फुजिमोतोका अनुसार बालक किम जङ-अन उनीसँग खेल्ने गर्थे। सन् २००१ मा फुजिमाेताे स्वदेश फर्किए र एउटा पुस्तक लेखे। त्यसमा उनले किम जङ-अन र उनका दाजु किम जङ-चलसँगकाे आफ्नो पहिलाे भेटबारे वर्णन गरेका छन्।
”पहिलाेचोटि मैले यी दुई तन्नेरी राजकुमारहरूलाई भेट्दा उनीहरू दुवै जना सैन्य पाेसाकमा थिए। उनीहरूले पालैपालाे सबै कर्मचारीसँग हात मिलाए। मसँग हात मिलाउने पालाे आउँदा राजकुमार किम जङ-अनले मलाई एकटकले हेरे। त्याे ‘तिमीजस्ता जापानीलाई हामी घृणा गर्छौँ’ भन्न खाेजिएजस्ताे थियाे। सातवर्षे बालककाे त्याे बिझाउने हेराइ म कहिल्यै बिर्सिन्नँ।” सन् २००३ मा प्रकाशित अाफ्नाे दाेस्राे पुस्तकमा फुजिमाेताेले लेखेका छन्:
“किम जङ-चललाई सबैभन्दा सम्भावित उत्तराधिकारीका रूपमा हेरिन्छ। तर त्यसबारे मलाई शङ्का लाग्छ। किम जङ-इल भन्ने गर्थे, ‘जङ-चल उपयुक्त छैनन्, उनी केटीजस्ता छन्।’ कान्छा छाेरा अर्थात् दाेस्रा राजकुमार उनका लागि प्रिय छन्।
जङ-अन धेरै किसिमले बुवाजस्तै छन्। उनको शारीरिक संरचना पनि बुवाको जस्तै छ। तर उनका बारेमा बाहिर धेरै कुरा बताइएकाे छैन।” त्याे एउटा महत्त्वपूर्ण भविष्यवाणी थियाे। त्यति बेलासम्म बाहिरी संसारलाई त परै जाओस् किमका बारेमा उत्तर काेरियाली जनतालाई नै थाहा थिएन। उनकाे अधिकांश बाल्यकाल अझै रहस्यमै थियो। (एजेन्सीको सहयोगमा)