मंगलबार १६ आश्विन २०८०

काठमाडौ / श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया रोजगारको लागि स’म्झौ’ताको तयारी भईरहेको जनाएको छ । त्यसो त रोमानिया मात्र नभई युरोपका अन्य देशसँग श्रम स’म्झौ’ताको प्रयासमा मन्त्रालय जुटेको छ ।

सरकारले युरोपका देशहरुसँग श्रम स’म्झौता गर्दा जिटूजी मोडलबाटै कामदार पठाउने गरि सम्झौता गर्ने जनाएको छ । हालसम्म सरकारले जिटूजी मोडलबाट कोरिया, इजरायल, जापान र बेलायतसँग समझदारी गरेको छ ।

पछिल्लो समय ठूलो संख्यामा स्वास्थ्य सेवाको लागि जनशक्ति पठाउन बेलायतसँग स’म्झौता गरेको थियो । त्यस्तै सम्झौता अब रोमानियासँग हुने तयारी भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

हालसालै मात्र सरकारले रोमानिया रोजगारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा तीन महिनाका लागि अस्थायी रोमानियन मिसन ख’डा गरेको अवस्था छ ।

रोमानिया रोजगारको लागि यो कार्यालय नेपालमै स्थापना भएपछि रोमानिया रोजगारको भिसा प्रक्रिया सहज भएको छ । यस अघि रोमानिया रोजगारको भिसा प्रक्रियाको लागि भारतसम्म जानुपर्ने बा’ध्य’ता ह’टे’को छ ।

सरकारी तयारी अनुसार दशैं अघिनै रोमानियासँग श्रम स’म्झौ’ता हुने तयारी भए अनुसार जिटूजि मोडलबाटै रोमानिया जान सक्ने गरि स’म्झौ’ता भएमा त्यसका लागि आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जिटूजी मोडलबाटै रोमानियासँग स’म्झौ’ता गर्न सके हाल रोमानिया रोजगारको लागि कम्तिमा ५ देखि ८ लाखसम्म लिने बे’थि’तिको समेत अ’न्त्य हुने बताइएको छ ।

रोमानियाको राजधानी र सबैभन्दा ठूलो सहर बुखारेस्ट हो । रोमानियामा आधिकारिक रुपमा रोमानियन भाषा बोलिन्छ । यहाँ झन्डै ९० प्रतिशत रोमानियनहरु, ६ प्रतिशत हङ्गेरीयनहरु, ३ प्रतिशत रोमानीहरु र १ प्रतिशत अन्यको बसोबास छ । यहाँको साशन प्रणाली एकात्मक राष्ट्रपति प्रणालीमा आधारित छ ।

क्षेत्रफलको हिसावले रोमानिया नेपालभन्दा ठूलो छ । जसको क्षेत्रफल २ लाख ३८ हजार ३९७ बर्ग किमी रहेको छ । यहाँको नागरिकको प्रति व्यक्ति आय झन्डै ३० हजार अमेरिकी डलर रहेको छ ।

रोमानिया, मानव विकास सूचकाङ्कमा ५२औं स्थानमा रहेको छ र एउटा उच्च आय भएको अर्थव्यवस्था रहेको विकासशील देश हो । एउटा निर्माता र मेसिनको शुद्ध निर्यातक, अटोमोबाइल एनर्जी र ओएमभि पेट्रोमजस्तो कम्पनीहरु यहाँ रहेका छन् ।

६३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया