
काठमाडौं / नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षीय समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा ध’र्ना दिएको छ । पार्टीको आन्तरिक एकता, समान अवसर र न्या’यको निम्ति भन्दै कोईराला पक्षधर नेता कार्यकर्ताहरुले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा ध’र्ना दिएका हुन् ।
ध’र्नामा सहभागी नेताहरुले आसन्न प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षले ए’क’लौटी गरेकाले ध’र्ना मार्फत ख’ब’रदारी गर्नुपरेको बताएका छन् । नेपाली काँग्रेसका नेता जगदिश नरसिंह केसीले पार्टीभित्र सबैलाई न्या’य र समान अवसर हुनुपर्ने आफूहरुको मनशाय रहेको बताए ।
उनले शेखर कोइराला पक्षका नेताहरुको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुनेगरी बन्द सूचीमा राखिएको बताए । उनले समानुपातिक बन्द सूचीमा रहेका नामहरु स’च्या’उनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरुको मा’ग रहेको उल्लेख गरे ।
उनले भने, ‘समान न्या’य र अवसरका लागि, पार्टीभित्र सबैलाई न्या’य होस् । सबैले समान अवसर पाउन् भन्ने नै हाम्रो मनशाय हो । जुन परिस्थिति सिर्जना भयो । समानुपातिकको नामावली सूचीपछि हामीलाई अलिकति स’शं’कित बनायो । किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ । निर्वाचित नहुनेगरी केही साथीहरुको नाम छ । त्यसको अर्थ नाम झु’न्डि’याइदिएको छ, तर त्यो नाम निर्वाचित हुन सक्दैन ।’
उनले फेरि भने, ‘त्यसको अर्थ के हो भने शेखर समूहको अथवा पार्टीको इतर समूहको समानुपातिकमा पनि कोही पनि निर्वाचित नहोस् र भोली प्रत्यक्ष टिकट दिँदा पनि हरेक ठाउँमा त्यही ढंगले अ’न्या’यपूर्वक निर्णय हुन थाल्यो भने त्यसलाई हामीले पार्टीका नेताहरुलाई सचेत गराएका हौँ । पार्टीभित्र त्या’ग, त’प’स्या, ब’लि’दानी, नि’ष्ठा, आदर्श, लोकप्रियता, जनप्रियता, जनताको बीचमा रहेका, टिकट दिँदा त्यस्ता मान्छेले पाउनुपर्छ ।’
उनले थप भने, ‘टिकट दिँदा कोही समूहका नाममा, आफ्नो मान्छेका नाममा ब’ल’जफ्ती थो’प’र्नु हुन्न । टिकट दिदाँ जनप्रिय मान्छे, चुनाव जित्न सक्ने मान्छे चाहिन्छ भन्ने हाम्रो मान्यता हो । समानुपातिक सूची न’स’च्याउने संस्थापन पक्षको एक भए हाम्रो दुई हुनुपर्यो । उहाँहरुको तीन भए हाम्रो चार हुनुपर्यो । यसरी स’च्या’उनुपर्छ भन्ने हाम्रो पार्टीलाई आ’ग्रह हो । अनुरोध हो ।’
नेपाली काँग्रेसका नेता अजयबाबु शिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची हेर्दा संस्थापनइतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताए । उनले बन्द सूचीको नाम न’स’च्याइएमा पार्टी सक्किने बाटोमा जाने बताए ।
उनले भने, ‘निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयास जस्तो देखियो । समानुपातिकको बन्दसूचीको लिस्टबाट । यसमा आम कार्यकर्ताको द’बा’ब सच्याउनुपर्छ भन्ने छ । सच्याइएन भने यसले पार्टीलाई स’का’उने बाटोमा लान्छ ।’
काँग्रेस नेता भूपेन्द्रजंग शाहीले नेपाली काँग्रेस कसैको व्यक्तिगत पार्टी नभएको टि’प्पणी गरे । उनले पार्टीको अधिवेशनमा अरुलाई भोट दिएको आधारमा नेताहरुको राजनीतिक ह’त्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई क’म’जोर बनाउने बताए ।
उनले भने, ‘समान अवसर र न्या’यको खाँचो छ । यो कसैको व्यक्तिगत पार्टी होइन । यो पार्टीमा लाग्ने हरेकको यो पार्टीमा उत्तिकै अधिकार छ र हरेक कार्यकर्ताको मूल्यांकन हुन जरुरी छ । मापदण्ड बनाउनु जरुरी छ ।’
उनले थपे, ‘हिजो त्या’ग गरेका मानिसहरुले अधिवेशनमा कसलाई भोट दिए, कसलाई भोट दिएनन् भन्ने आधारमा उनीहरुको राजनीति स’क्न खोज्ने, उनीहरुको राजनीतिक ह’त्या गर्न खोज्ने, उनीहरुलाई किनारामा लाउन खोज्ने काम भइरहेको छ ।
यो कुराले नेपाली काँग्रेसलाई थप क’म’जोर बनाउँछ । पार्टीलाई बलियो बनाउन सक्दैन भन्ने हाम्रो कुरा हो ।’त्यस्तै, उनले पार्टीभित्र हरेक कार्यकर्ताहरुको मूल्यांकन गर्ने मा’प’दण्ड बनाउनु जरुरी रहेको बताए ।