शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन् । राष्ट्रपति जस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उनको भनाइ थियो ।

बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुब्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्र’ष्ट भएको भन्दै आ’प’त्ति समेत जनाए ।

उनले मुलुकले संघीयता धा’न्नै नसक्ने जि’कि’र गरे । राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धा’न्नै न’स’क्ने मिश्रको त’र्क थियो । वरिष्ठ उपाध्यक्ष मिश्रले ध’र्मको नाममा, जा’तको नाममा राजनीति हुन थालेपछि मुलुक झनै क’म’जोर हुँदै गएको दा’वी गरे ।

उनले भने, ‘हामी क’म’जोर र भ्र’ष्ट सरकार र समाज लिएर बसेका छौं । जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो । त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ सबै स्वा’र्थ केन्द्रित छन् । जुन देश भूराजनीतिक रुपले सं’वे’दनशील छ ।’

उनले फेरि भने, ‘कुनैपनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्व’न्द्व भयो भने त्यसलाई कसले स’म्हाल्ने ? यदि राजनीति गर्ने हो भने एउटा स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो । देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुः’ख पायो । समाज वि’कृ’त भयो ।

देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो । संघीयता आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि धान्न स’कि’दैन । भौगोलिक रुपमा त झन संघीयता धा’न्नै नसकिने ग’म्भि’र विषय हो ।’वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली काँग्रेसमा वि’च’लन आएको आ’रो’प समेत लगाए । (फाइल तस्वीर)

१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया