शुक्रबार २२ मंसिर २०८०

विराटनगर / धनकुटा नेकपा (माओवादी केन्द्र) विहीन भएको छ । माओवादी केन्द्र, धनकुटामा रहेका पाेलिटब्यूराे सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्यसहित जिल्लाका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । यससँगै जिल्ला माओवादी केन्द्रविहीन भएकाे हाे ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने पाेलिटब्यूराे सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक, प्रदेश सचिव ऋषीराम ढुंगानासहितले सामूहिक रा’जी’नामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आइतबार बसेको बैठकपछि १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सबै पदाधिकारी र सदस्यहरूले रा’जी’नामा दिएको माओवादीका प्रदेशका सहसचिव ढुंगानाले जानकारी दिएका छन् ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा अ’स’न्तुष्ट देखिएका नेता/कार्यकर्ताहरू पार्टी छा’ड्ने अवस्थामा पुगेका हुन् ।

आमनिर्वाचनको सन्दर्भमा माओवादी केन्द्र, धनकुटामा बसेको बैठकपछि उनीहरूले सामूहिक रा’जी’नामा दिँदै विज्ञप्ति जारी गरेका छन् । आसन्न प्रतिनीधि सभाको निर्वाचनमा धनकुटामा माओवादी केन्द्रका पोलिटब्यूराे सदस्य हेमराज भण्डारीले स्वतन्त्र उमेद्वारी दिनेसमेत घोषणा गरेका छन् ।

‘धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधि सभामा स्वतन्त्र उमेदवारको रूपमा धनकुटेली जनतामा जाने हेमराज भण्डारीको प्र’स्ता’वलाई पूर्णरूपमा समर्थन गरिएको छ । भण्डारीको नेत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ,’ त्यहाँ भनिएकाे छ ।

धनकुटामा गठबन्धनका कारण प्रतिनीधि सभा निर्वाचनको क्षेत्र विभाजनपछि माओवादी केन्द्रमा वि’वा’द उत्पन्न भएको छ । माओवादी केन्द्रका पोलिटब्यूराे सदस्यसमेत रहेका भण्डारी धनकुटाबाट निर्वाचन ल’ड्ने तयारीमा थिए ।

गठबन्धनका कारण धनकुटा माओवादी केन्द्रकाे भागमा नपरेको र पार्टीको तर्फबाट छुट्टै उम्मेदवारी दिन खोज्दा पनि आफूलाई चुनाव चिन्ह नदिएपछि सामूहिक राजीनामा दिइएको माओवादी नेताहरूले बताएका छन् । सत्ता प्राप्तिकै लागि अरु पार्टीसँग मिसिएको माओवादीमा अब फेरि आफू नफर्किने नेता भण्डारीले बताएका छन् ।

धनकुटामा नेपाली कांग्रेस र जनता समाजवादीले समेत दा’वी गरेका छन् । धनकुटाबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।

३५० पटक हेरिएको

तपाईको प्रतिक्रिया