आइतबार १५ माघ २०७९

चितवन / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओवादी केन्द्र चितवनले आईतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले सामाजिक न्या’य र समानतालाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताए ।

“निकै ठूलो त्या’ग र त’प’स्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन”, उनले भने, “घर आँगन बदल्ने, उज्यालो ल्याउने, सम्वृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्या’य र समानताको नयाँ उचाइ छुने हाम्रो प्र’ति’बद्धता छ ।” देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उनले देशलाई अब विकास निर्माण र सम्वृद्धिको आवश्यकता रहेको बताए ।

चितवनमा अहिले नमूना विकासको प्रयास गरिरहेको भन्दै उनले आउने दिनमा निकै ठूलो फ’ड्कोका साथ विकास र सम्वृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । “चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईंहरुलाई प्राप्त हुने छ ।”

अब चितवनमार्फत सिङ्गै देशको विकासलाई नयाँ गति दिइने उनले बताएका छन् । आफूले यो राष्ट्रका सबै उ’त्पी’डित जा’ति, क्षेत्र, लि’ङ्ग, समुदाय सबैलाई सम्वृद्धिको उचाइमा लाने सपना बोकेको उनको भनाइ थियो ।

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया