
आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ ।
आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पु-याउँदैन । यस्ता केही आलु छन् जसालई प्रयोग गर्दा त्यसले न’का’रात्मक अ’सर पर्छ ।
चाहुरि परेको आलु: लोमो समय राखेको आलुमा रहेको पानीको मात्र न’ष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ । आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उम्रन थाल्छ । यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु से’व’न गर्दा हा’नी पुग्छ । यस्तो चाउरी परेको आलुको से’व’न गर्दा शरीरमा वि’षा’क्त पदार्थ प्रवेश गर्छ ।
हरियो रंग: बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु से’व’न नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ । यस्तो आलुको हरियो भाग का’टे’र प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन वि’षा’क्त पदार्थ हुन्छ ।
टुसा आएको आलु: आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि बीउका रुपमा प्रयोग गर्न उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु से’व’न गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।
यसो गर्दा पुग्छ फाइदा: आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग से’व’न गर्दा यसमा रहेको पोषक तत्व न’ष्ट हुँदैन ।