
काठमाडौं, असोज ६ / राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव ल’ड्ने भएका छन् । काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार क’म’जोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने तयारी गरेका हुन् ।
आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले यसअघि काठमाडौं–५ वा २ मध्ये एक क्षेत्रबबाट चुनाव लड्ने योजना बनाएका थिए । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र हो ।
यो पनि पढ्नुहोस् :- अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट
:
काठमाडौँ,६ असोज / बङ्गलादेश’वि’रुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको अन्तिम घोषणा गरेको हो ।
छनोट हुने नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की छन् । यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल र रञ्जित धिमाल रहेका छन् । मिडफिल्डरमा सेसेहाङ आङदम्बे, तेज तामाङ, विशाल राई एरिक विष्ट, सुरजज्यू ठकुरी, सुदीप गुरुङ र सुजल श्रेष्ठ छन् ।
फरवार्डमा विमल घर्तीमगर, रितिक खड्का मनिष डाँगी अन्जन विष्ट र आशिष चौधरी रहेका छन् । टोलीमा थ्रिस्टार क्बलका खेलाडी रितिक खड्का र चर्च ब्वाइज युनियन क्लबका आशिष चौधरी टोलीमा नयाँ खेलाडी हुन् । नेपाल र बङ्गलादेशबीचको खेल यही असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । रासस