सोमबार १० आश्विन २०७९

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय राष्ट्रहित अनुकुल भएको प्रतिकृया दिएका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै उनले नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको अध्यक्ष थापाको टि’प्प’णी छ ।

‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैं’गि’क हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ । राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ । संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ,’ उनले भनेका छन् ।

साथै अध्यक्ष थापाले राजनीतिक स्वा’र्थ परिपूर्तिका लागि संविधान र राष्ट्रहितलाई ति’लां’जलि दिने सरकारको प्रयास अ’स’फल भएको पनि टि’प्प’णी गरेका छन् ।

राष्ट्रपतिको यो निर्णय राजनीतिकरुपमा वि’वा’दमा परेपनि इतिहासले सदैव प्रशंसा गर्ने गर्ने थापाले बताएका छन् । राजा वीरेन्द्रले पनि राष्ट्रहित वि’प’रितको नागरिकता विधेयकमा लालमोहर लगाउन अ’स्वी’कार गरेको सर्वविदितै भएको उनले उल्लेख गरेका छन् ।

३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया