मंगलबार १६ आश्विन २०८०

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनाको मोर्चा जितेर आफूहरु रिल्याक्स गरिरहेको र केपी ओली छ’टप’टाइरहेका बेला सर्वोच्च अदालतले टा’उकोमा ड्या’म्मै हा’नेको टिप्पणी गरेका छन् ।

रिल्याक्सका लागि सिन्धुली पुगेका प्रचण्डले मुलकोटमा कार्यकर्ताहरूसँग अनौपचारिक कुराकानीका क्रममा खुलेर बोलेको भिडियो सार्वजनिक भएको छ । जसमा उनले पार्टीलाई जेठ २ गते २०७५ को ठाउँमा पुर्‍याइदिएर सर्वोच्चले आफू र माधव नेपालको टा’उकोमा प्र’हार गरेको बताएका छन् ।

प्रचण्डले माधव नेपाल र आफूहरू मिल्दा तत्कालीन नेकपामा दुई तिहाई बहुमतले केपी ओलीलाई अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइएको तथा प्रधानमन्त्रीबाट हटाउने अन्तिम तयारी भइरहेका बेला सर्वोच्चका फैसलाले अप्ठेरो अवस्था बनाइदिएको बताए । उनले आफूलाई भन्दा पनि माधव नेपाल, झलनाथ खनालहरूलाई समस्या भएको बताए ।

प्रचण्डले भने, ‘हामीले त केपीलाई साधारण सदस्यबाट पनि हटाएको । प्रतिक्रान्तिकारी, प्रतिगामी भनेर गा’ली पनि गरियो, अझ मैले भन्दा माधवजीले बढी नै गर्नुभयो । फेरि एमाले बनाएपछि उहाँहरूलाई अप्ठेरो छ । केपीले अब माधवहरू आउँदैनन् भन्ने सोचेका रहेछन् । अब त्यहाँ झमेला त शुरू भयो । माधवजीहरू बाध्य भएर अलग्गै भेला गर्दै हुनुहुन्छ र एकताकै निम्ति अघि बढ्नुहुन्छ ।

अध्यक्ष प्रचण्डले चाँडै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने र सर्वोच्चको फैसलाविरुद्ध एक/दुई दिनमै पुनरावलोकनमा जाने समेत बताए । हे’र्नुहोस् भिडियो:-

४०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया