सोमबार १५ जेठ २०८०

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हार स्वीकार गर्न तर आ’त्म’ह’त्या नगर्न आग्रह गरेका छन् ।

राजधानीमा आयोजित आ’त्म’ह’त्या रो’क’थाम तथा न्यू’नी’करणसम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै शाहले अ’स’फलताले धेरै कुरा सिकाउने बताए ।

‘अ’स’फलताले धेरै कुरा सिकाउँछ, हा’र्न सिकौं मान्छे हा’रि’राख्नुपर्छ,’ उनले भने, ‘मेहनत गर्न र साहस प्रदर्शन गर्न सिक्नुपर्छ ।’

उनले आफू सँधै गणितमा फेल हुने गरेको तर पछि इन्जिनियर बनेको उदाहारण दिए । कार्यक्रममा प्रमुख शाहले विद्यार्थीहरुलाई स्कुलमा थोरै नम्बर आउदैमा ह’रे’श नखान आग्रह गरे ।

यो पनि पढ्नुहोस् :- रसुवागढी नाकाबाट भित्रिन थाले कन्टेनर :
रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थाले पश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ ।

केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो ।

आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो ।

गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढी स्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएका बताइएको छ ।

सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ ।

यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।

बडा दसैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँते ओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।

व्यापारीलाई परेको मर्का समाधान गरी रोकिएर बसेको सामग्री कूटनैतिक पहलबाट दसैँ अगावै आयात गर्न सहजीकरण गरिदिनुहुने परराष्ट्रमन्त्रीलगायत सबै अधिकारीमा व्यापारीका तर्फबाट धन्यवाद ज्ञापन गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए ।

नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङ ल्हामु मार्ग अवरूद्व भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको बताए । भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशूली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ ।

अर्कोतर्फ समस्या पर्दा दुई सय १६ मेगावाट अपर त्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौँ पठाइएको छ ।

गत साउन २४ गते रातिको वर्षाले क्ष’ति’ग्रस्त रसुवाको बनुवा घुम्ती खण्डको पासाङ ल्हामु मार्ग भने छिटो छरितो पुनःनिर्माण भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

ग्यावियन जाली भर्ने काम ८५ प्रतिशत पूरा भएको प्राविधिकले जानकारी दिएका छन् । सडक सतहमा माटो भर्ने, रोलरले माटो थि’च्ने र ढुङ्गा सोलिङ गर्ने प्रक्रिया अगाडि बढेको बताइएको छ ।

२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया