सोमबार ०१ कार्तिक २०७८

काठमाडौं/ पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बृद्धि भइसकेको भन्दै यातायात व्यवसायीले यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् ।

आज विहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर यातायातको भाडा बढाउन माग गरेको हो ।

यातायातमन्त्री नेम्वाङलाई महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले भेटेर यही चैत तेस्रो सातासम्म भाडा नबढाएमा आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने समेत बताएका छन् ।

सरकारले २०६५ चैत २० गते तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत योगदान रहने आधार तयार गरेको थियो ।

त्यस्तै बीमा, कर, बैंक ब्याज, पार्टपूर्जा, टायर, लुब्रिकेन्टलगायतका सामग्रीहरुमा भएको मूल्यवृद्धिको ६५ प्रतिशत योगदान रहने सरकारले आधार तयार गरेको थियो ।

तर, यता महासंघले भने उक्त आधार अनुसार बीमा, कर, बैंक, पार्टपूर्जालगायतका सामग्रीको मूल्यवृद्धिको आधारमा २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएको जनाएको छ ।

२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया