बुधबार २४ जेठ २०८०

काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ध’र्मका नाममा ढुंगा पुज्नु भन्दा त मान्छेकै पूजा गर्नु ठीक हुने बताएका छन् ।

आज पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा पेरिसडाँडामा आयोजित राष्ट्रिय विज्ञान दिवस विशेष कार्यक्रममा बोल्दै प्रचण्डले अ’न्ध’विश्वास ह’ट्नु’पर्ने बताएका हुन् ।

उनले भने, ‘हामीकहाँ त तेत्तिस कोटी दे’व’ता हुन्छन् । तिनै दे’उ’ताको पूजा हुन्छ, ढुंगालाई पूजा गर्ने संस्कार छ । तर मान्छेलाई ला’त हा’न्दै हिँड्छन् ।’ यसरी तेत्तीस कोटी दे’उ’ताका नाममा ढुंगा पु’ज्दै हिँड्नुभन्दा मान्छेकै पूजा गर्नु राम्रो हुने उनको भनाइ थियो ।

उनले ध’र्म’वि’रुद्ध नगएको र धर्म न’का’रात्मक हो भन्ने आशय नरहेको भन्दै मान्छेबीच थि’चो’मिचो र वि’भे’द गर्न नहुने आशय रहेको समेत बताएका छन् । चुनावका बेला प्रचण्डले ध’र्म’विरुद्ध बोल्यो भन्लान् भनेर आफूलाई ड’र रहेको समेत उनले बताए ।

१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया