शुक्रबार १९ जेठ २०८०

अछाम / अछाममा पहिरोमा परी मृ’त्यु हुनेको संख्या १७ पुगेको छ । ११ जना घा’इ’तेको उ’द्धा’र गरिएको छ । ६ जना अझै बे’प’त्ता रहेका जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

कमलबजार नगरपालिका ६ मा ७ जना, वडा नं. ८ मा ५ जना, यस्तै तुर्माखाँद गाउँपालिकामा ५ मा ४ जना र ढकारी गाँउपालिका ६ मा एकजनाको श’व फे’ला परेको छ । ढकारीका ३ जना घा’इ’तेको थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।

तुर्माखाँद गाँउपालिकाका ५ जना र ढकारी गाँउपालिकाका एक जना अझै बे’प’त्ता रहेका छन् । तुर्माखादँमा पहिरोले २ घर पु’रि’एका छन् भने कमलबजारमा २ घर र ढकारीमा एउटा घर पु’रि’एको छ ।

घा’इ’तेको उ’द्धा’र र बे’प’त्ताको खोजीमा जुट्न गृहमन्त्रीको निर्देशन :
गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घा’इ’ते तथा प्र’भा’वितको उ’द्धा’र तथा बे’प’त्ताको खोजीमा जुट्न नि’र्दे’शन दिएका छन् । उनले घा’इ’तेको उ’द्धा’रमा त’त्का’ल हे’लि’कप्टर पठाउन गृह प्रशासनलाई नि’र्दे’शन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र वि’प’द् तथा द्व’न्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घा’इ’ते तथा प्र’भा’वितको उ’द्धा’रका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न उनले नि’र्दे’शन दिएका हुन् ।

उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घ’ट’नाबारे आज जानकारी लिएका छन् ।

उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जी’उ’धनको रक्षा गरेका भन्दै बाढी र प’हि’रामा परी घा’इ’ते भएकाको उ’द्धा’र, प्र’भा’वितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्य’व’स्थापनका लागि कुनै कसर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा त’त्का’ल लेखी पठाउन नि’र्दे’शन दिएका छन् । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उ’द्धा’रमा क’ठि’न भइरहेको प्रजिअ मरासिनीले बताए । रासस

२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया