
काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेङ्गु रोगको सं’क्र’मण भएमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सक्ने बताएका छन् । डेंगुको शं’का लागेमा या सि’कि’स्त भएमा १०२ नम्बरमा कल गरेर महानगरपालिकाको एम्बुलेन्स सेवा लिन बालेनले आग्रह गरेका छन् ।
मेयर बालेनले डेंगुका सन्दर्भमा ११८० नम्बरमा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ नम्बरमा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन अनुरोध गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘डेङ्गु सं’क्र’मितहरुका लागि २४ घण्टे हटलाइन सुरु । सं’क्र’मित भए वा भएको शं’का लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने । आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ ।’
यो पनि पढ्नुहोस् :- मानव अधिकार तथा शान्ति समाजले १५ स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गर्ने
काठमाडौँ / मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको छ ।
वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान–धीरेन्द्र प्रेमर्षी (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान–गोपाल अश्क (गोपालप्रसाद सर्राफ, पर्सा), चन्द्रकला खनाल अ’हिं’सा स्रष्टा सम्मान प्रा डा नारायणप्रसाद खनाल (बागलुङ), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान–हरिबहादुर थापा (काभ्रेपलाञ्चोक), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान–गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ (काठमाडौँ), पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान–त्रिभुवनचन्द्र वाग्ले, (तनहुँ), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान–सीमा आभास (ओखलढुङ्गा) लाई प्रदान गर्ने निर्णय गरिएको सभापति गोविन्द खनालले जानकारी दिए ।
यसैगरी पद्मप्रसाद दाहाल स्रष्टा सौगात–अशोक थारु (दाङ), राधादेवी दाहाल स्रष्टा सौगात–उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात–शशिकला मानन्धर (काठमाडौँ), भूमिप्रसाद बराल स्रष्टा सौगात–गणेशकुमार राई (ओखलढुङ्गा), जनककुमारी रेग्मी स्रष्टा सौगात–गङ्गा कर्माचार्य पौडेल (स्याङ्जा), जोगमाया बराल स्रष्टा सौगात–हेमन्ती जोशी (डोटी), श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर (तनहुँ), नारायण दाहाल स्रष्टा सौगात–मनमाया विश्वकर्मा (भोजपुर) लाई प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।
सातै प्रदेशबाट सात जना महिलासहित पुरस्कृत स्रष्टाले मानव अधिकार, लोकतन्त्र, शान्ति र सामाजिक न्यायको आन्दोलनमा योगदान गरेका छन् । उनीहरुको संस्कृत, मैथिली, भोजपुरी, थारु, नेवारी, बाम्बुले राई र मगर भाषाको प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरी रु २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ । एक दशकअघिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधना र स्रष्टा सम्मानलाई विशेष अभियानका रुपमा अघि बढाउँदै आएको छ । – रासस ।