शुक्रबार १९ जेठ २०८०

काठमाडौं / नेपाली से’ना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सो’ध’खो’ज सुरु गरेका छन् । महानगरका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ ।

कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, रत्नराज्य, नेपाल ल, सरस्वती, नेपाल कमर्स क्याम्पस, वीर अस्पताल, दशरथ रंगशालालाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सोको ज’रि’वानासहित रकम बुझाउन पत्राचार गर्दै अन्यथा महानगरपालिकाको राजस्व ऐ’न २०७५ बमोजिम का’र’बाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने चे’ता’वनी दिएको हो ।

चे’ता’वनीपछि अधिकांश निकायले कर तिर्न कामपासँग हिसाबकिताब माग गरेको छ । वर्षौँदेखि कर नतिरेका ती संस्थाले तोकेको समयभित्र कर भुक्तानी नगरे व्यवसाय नै ब’न्द गराउने चे’ता’वनी पनि दिइएको छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोस् :- जडिबुटीमा खुल्ने भयो ६ लेनको सडक :
काठमाडौं / काठमाडौँको जडीबुटीस्थित छ लेनको सडक खुलाउन सडकबीचमा रहेको एउटा कच्ची घर हटाइएको छ ।

सडक विस्तारका क्रममा सडकबीचमा परेको उक्त घर काठमाडौँ महानगरपालिका र सडक विभागको समन्वयमा आइतबार साँझ हटाइएको हो । यससँगै माइतीघर–सूर्यविनायक छ लेनको सडक पूर्ण रूपमा खुल्ने भएको छ ।

उक्त घरका कारण छ लेनको अति व्यस्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन । मूल सडकका दायाँ र बायाँ बनाइएका सर्भिस लेन निर्माणमा अ’व’रोध हुँदा उक्त सडकमा सवारी जामको समस्या ठूलो रहेको छ ।

यो समस्यालाई उजागर गर्ने गरी गोरखापत्र दैनिकले गत वैशाख १८ गते ‘छ लेनको सडक ठप्प’ र यही भदौ २२ गते ‘व्यस्त सडक खुलाउन हुँदैन’ पहल शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

जापानी सहयोग नियोग (जाइका) सहयोगमा २०६१ सालमा बनेको नेपालकै पहिलो छ माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारको काम जग्गा र कच्ची घरको पुनः मुआब्जा वि’वा’दका अ’व’रुद्ध बनेको थियो ।

सडक विभागका महानिर्देशक इन्जिनियर अर्जुनजङ्ग थापाले कामपा–३२, जडीबुटी चोकस्थित सडकबीचमा रहेको अ’वै’ध कच्ची घर आइतबार काठमाडौँ महानगरपालिकाको सहयोगमा हटाइएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया