
काठमाडौं / काठमाडौँ महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अ’वै’ध संरचना ह’टा’उन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल ह’टा’उन आ’ग्र’ह गर्दा अ’टे’र गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना ह’टा’उन सुरु गरेको हो ।
वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अ’वै’ध संरचना त’त्का’ल ह’टा’उन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नह’टा’एका कारण महानगरको टोलीले ह’टा’उन सुरु गरेको हो । पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले न’मा’नेपछि आफैँ स्थलगत रूपमा उ’त्रि’एर संरचना ह’टा’उन थालिएको अध्यक्ष सङ्गतले बताए ।
पशुपति क्षेत्रका पसल व्यवसायीलाई आज अ’वै’ध संरचना ह’टा’उन आ’ग्रह गरिएको र यसलाई अ’व’ज्ञा गरे शनिबारदेखि महानगरले सामान उठाएर लैजानेसमेत अध्यक्ष सङ्गतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत द’र्ता नभएका पसल संरचना आजदेखि ब’न्द गरिएको वडा कार्यालयले जनाएको छ ।
दशैँ–तिहारजस्ता चाडवाडका बीचमा पसल ह’टा’उँदा रोजीरोटी गु’म्ने अवस्था आएकाले महानगर तथा वडा कार्यालयले आफ्ना समस्याका विषयमा विचार गरी चाडवाडसम्म पसल सञ्चालन गर्न दिन व्या’पारीले आ’ग्र’ह गरेका छन् ।