शुक्रबार १९ जेठ २०८०

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मा’गे’र दिनुपर्ने बेला आएको उनको भनाइ छ ।

“तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्न सक्छ । पैसा नै छैन कति विदेशबाट मा’ग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो,” देउवाले भने, “काम हुनुपर्छ नि । देशको आम्दानी हुनुपर्छ नि । ब्युरोकेसीको सहयोगबिना कुनै पनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोकेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ ?”

बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई स’म्बो’धन गर्दै देउवाले कर्मचारीको सहयोगबिना देशको विकास हुन नसक्ने बताए । उनले देशको दू’र्ग’ति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको धारणा राखे । उनले कर्मचारीहरु दु’र्ग’म क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको समेत बताए ।

प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गु’ना’सो गरे । कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताउँदै उनले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने धारणा राखे ।

“कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन । सबै जिम्मेवार हुनुपर्छ । जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि,” देउवाले भने, “त्यही भएर तपाईहरु काम गर्नुहोस् । के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ ।”

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले देश विकासको लागि काम गर्न कर्मचारीहरुलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गरेका छन् ।

२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया