बिहिबार १८ जेठ २०८०

काठमाडौँ,२१ भदौ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई वि’स्था’पित गर्दै लगेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले हिँजोआज गोरु पाल्ने चलन घट्दै गएको देखिएकाले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न यसरी अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए ।

यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उनले बताए । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजारका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिलिटर दूधमा रु दश :

त्यसैगरी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा रु १० अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ । यसअघि गाउँपालिकाले प्रतिलिटर रु पाँच अनुदान दिँदैआएको थियो ।

सहकारीमा आबद्व भएका दुग्ध किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले सु’त्के’री, ग’रिब र वि’पन्न परिवारलाई निःशुल्क ए’म्बु’लेन्स सेवा दिने निर्णय गरेको छ । सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रा’व’धान रहेको जनाइएको छ ।

४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया