
काठमाडौं / राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् ।
सत्तारुढ दलका नेताहरुले वर्तमान संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार ब’ह’स भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् ।
‘आज बस्ने संसद बैठकलाई स’म्बो’धन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ,’ राप्रपा स्रोतले भन्यो । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू ज’ब’रजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् ।
अध्यक्ष लिङ्देनले आफ्नो पार्टीलाई पहिलो दल बनाउनेगरि तयारीमा जुट्न पनि आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज (आइतबार) काठमाडौंमा निर्वाचनको तयारीमा सम्बन्धमा आयोजित पार्टीको विस्तारित बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले देशमा हिन्दूराष्ट्र र राजसंस्था पूनस्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘राप्रपालाई नेपालको पहिलो पार्टी बनाऔं, हि’न्दू’राष्ट्र कायम गरौं, राजसंस्था पूनःस्थापना गरौं, देशलाई भ्र’ष्टा’चारमुक्त बनाऔं ।भ्र’ष्टा’चार नगरेर पनि राजनीति गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरौं ।’