
काठमाडौं / काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने मा’ग गर्दै प्र’द’र्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्र’द’र्शन गरेका हुन् ।
‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अ’न्या’य अ’त्या’चार बन्द गर, लु’टि’एको सामान फि’र्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हे’क्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जि’न्दावाद, बिनाविकल्प हामीलाई धो’का दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बा’ध्य’ता हो, संविधानमा लेखिएको मौलिक ह’कको कार्यान्वयन गर, फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अ’त्या’चार ब’न्द गर’ जस्ता नारा र प्लेकार्डसहित उनीहरु प्रद’र्शनमा उ’त्रि’एका हुन् ।
सं’घ’र्ष समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
यो अ’र्को समाचार :- जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आंकलन :
जुम्ला / जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउको आम्दानी बढ्ने जनाएकाे छ।
गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झन्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आं’क’लन गरेकाे कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताए । उनले भने, ‘स्याउ निर्यातबाट जुम्लामा झन्डै ५० करोड बढी आम्दानी हुन भएको छ ।’ जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ ।
गत वर्ष १० क्विन्टल स्याउ फलाएका गुठिचौर गाउँपालिका-५ का किसान देवीकृष्ण धितालले यस वर्ष भने १८ क्विन्टल उत्पादन गरेका छन् । स्याउ खेतीबाटै मनग्य आम्दानी हुने स’म्भा’वना रहेकाले रोजगारी खोज्न का’ला’पहाड जानुपर्ने अवस्था नरहेकाे धिताल बताउँछन । ‘आयातितभन्दा जुम्लाको स्याउ निकै स्वादिष्ट छ। तर व्यवस्थापकीय क’म’जोरीले बजारीकरणमा समस्या देखिन्छ,’ उनले भने ।
ग्रेडिङ लेवलिङ प्याकेजिङ जस्ता कुरामा सरकारी तवरबाट ध्यान पुर्याउन जरुरी रहेको जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए । उनले भने, ‘जुम्ली स्याउ स्वादिष्ट हुँदाहुँँदै पनि मूल्य पाउन सकेको छैन। कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरणलगायतको व्यवस्थापकीय पाटोमा राज्यले ध्यान दिनुपर्ने आवश्यक छ ।’
जुम्लामा चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ सय हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अ’नु’मान रहेको कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताए । उनले भने, ‘जसबाट करिब ५० करोड आर्थिक भित्रिने आंकलन छ ।’ उनका अनुसर पालिकामध्ये सबैभन्दा बढी चार हजार मेट्रिक टन गुठिचौरमा फलेको छ ।
समयमै पानी पर्दा र हावापानी अनुकूल हुँदा गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन बढेको हो । यस वर्षको स्याउको बजार प्रवर्द्धनका लागि जुम्ला एप्पल लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको निमिक्त प्रमुख अधिकारीले बताए ।