सोमबार १० आश्विन २०७९

काठमाडौं/ गायक एवं संगीतकार राम प्रसाद (आरपी) अवस्थीको शब्द संगीत र स्वर रहेको देउडा गीत ‘पास हुन्छु कि पिरतीमा’ सार्वजनिक भएको छ ।

भूमिराज म्युजिकको प्रस्तुति रहेको देउडा गीत ‘पास हुन्छु कि पिरतीमा’ आरपी अवस्थीको अलावा रेखा जोशी र साथीहरुको स्वर रहेको छ।

बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोमा लाल बहादुर धामी, झरना बोहरा, लक्ष्मण अधिकारी, प्रदीप पाल र मन्जु महतको अभिनय रहेको छ । भीम थापाको निर्देशनमा बनेको भिडियोमा डीबी रौलेको क्यामेरा र प्रविन रेश्मी मगरको सम्पादन रहेको छ ।

भिडियोलाई भूमिराज म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई दर्शकले राम्रो राम्रो प्रतिक्रिया दिएका छन् । हे’र्नुहोस् भिडियो:-

८३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया