शुक्रबार १९ जेठ २०८०

काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकमा आफूहरू र राष्ट्रपति विद्यादेवी भण्डारीबीच समान धारणा रहेको बताएका छन् ।

बुधबार अपराह्न शीतल निवासमा राष्ट्रपतिलाई भेटेर उनले अंगीकृत नागरिकताबारे राष्ट्रपतिले राखेको चा’सो र आफुहरूको धारणा समान रहेको तर संसद्मा यसमा राष्ट्रिय सहमति बन्न नसकेको बताएका हुन् ।

साथै अंगीकृतबारे अहिले कुनै कुनै नयाँ व्यवस्था नगरिएको उनले राष्ट्रपतिलाई जानकारी गराएको प्रचण्डको सचिवालयले बताएको छ ।

उनले भने “सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्र’ति’बद्धता जनाएको छ । त’त्का’ल जन्मसिद्ध नागरिकका सन्तानहरूले राज्यविहीन बन्ने अवस्था अ’न्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो ।”

“यो विधेयक ओलिजीले पेस गरी तपाईंले प्रमाणीकरण गर्नुभएको अध्यादेशको व्यवस्थाअनुसार रहेको छ । अहिले यसलाई अ’ना’वश्यक रूपमा राजनीतिकरण गरिनु दु’खद छ,” उनले राष्ट्रपतिसमक्ष भनेका थिए ।

४१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया