शुक्रबार १२ आश्विन २०८०

काठमाडौं/ नेकपा माओवादी केन्द्रका नेता एवम् प्रदेश १ का सांसद इन्द्रबहादुर आङ्वोले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण अनपेक्षित अवसरहरु पाएकाहरुले व्यक्तिगत लाभका लागि पार्टी परित्याग गरिरहेको टिप्पणी गर्नुभएको छ ।

प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनु भएका नेता आङवोले नेकपालाई सर्वोच्चले खारेज गरेपछि माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गर्ने नेताहरुलाई लक्षित गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै भन्नुभएको छ, “अध्यक्ष क. ‘ प्रचण्ड’ कै कारण अनपेक्षित जिम्मेवारी र अवसरहरु प्राप्त गरिरहेकाहरु क्षमता, श्रेष्ठता, त्याग र योगदानबाट होइन निकटता र निगाहबाट निरन्तर जिम्मेवारी र अवसरको अपेक्षा राख्नेहरु तिनै मान्छेहरु आज बिचार, राजनीति, एजेन्डा, इमान र निष्ठालाइ बन्धक राखी तत्कालीन सत्ता शक्ति र ब्यक्तिगत लाभको पछि सगर्व कुदिरहेका छन।”

कम्युनिष्ट आन्दोलनका बेला जन्मिएका ती तत्वहरुको खासै टिप्पणी गर्नु आवश्यक नरहे पनि तिनले छिट्टै ठूलो पश्चाताप गर्नेछन भनेर भन्न भने सकिने उहाँकाे भनाइ छ ।

त्यस्ता प्रवृत्तिले आन्दोलन कमजोर नभइ अझ सशक्त, प्रभावकारीका साथ अघि बढ्ने नेता आङ्वोले भन्नुभएको छ ।

१३५० पटक हेरिएको

तपाईको प्रतिक्रिया