सोमबार १० आश्विन २०७९

काठमाडौं / हिँजोआज हातहातमा मोबाइल फोनको सहज पहुँच‌ भएका कारणले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भा’गी बिहे गर्ने गरेका छन् ।

का’नु’नले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ । सूचना प्रविधिको पहुँचले बा’ल’विवाहको प्र’वृ’त्ति झाँ’गिँ’दै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई सहयोग पुगेको छ ।

पुथाउत्तरगङ्गा माध्यमिक विद्यालयका शिक्षक अइनश्वर पुनमगरले मोबाइल फोनमा छिटो बि’हे गर्ने निर्णयमा विद्यार्थी पुग्ने गरेको बताउँदै थपे, “फेसबुक र च्याटमा भेट हुन्छ । भा’गी बिहे गर्ने योजना बन्छ । त्यसैले स्कुले छोराछोरीलाई मोबाइल किनिदिने चलन हुन्जेल बा’ल’विवाह रो’कि’नेवाला छैन ।”

पुथाउत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र बुढामगरले अधिकांशले कक्षा ६ देखि ८ पढ्दा पढ्दै बि’हे गर्ने गरेको बताउँदै भने, “छिटफुटले कक्षा ९ र १० मा पुगेपछि बि’हे गर्छन् । सानै उमेरमा आमा हुने पुरानो चलनलाई वि’स्था’पित गर्न सकेका छैनौँ ।”

आमा बन्न कम्तीमा २० वर्षको हुनुपर्छ भन्नेमा स्थानीय बासिन्दा स’चे’त छन् तर बुझ्दा बुझ्दै पनि क’लि’लै उमेरमा आमा बन्ने क्रम रो’कि’एको छैन । यो प्रथा जिल्लाबाटै वि’स्था’पित हुनभने सकेको छैन ।

स्वा’स्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले स्वास्थ्य संस्थामा ग’र्भ जाँ’च गराउन आउनेमध्ये ४० प्रतिशत महिला २० वर्षभन्दा कम उमेरका हुने गरेको जानकारी दिएका छन् । यो समाचार गो’र’खा’पत्र दै’निकमा छा’पि’एको छ ।

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया