मंगलबार २० मंसिर २०७९

काठमाडौं/ नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सांसद गुलाबजंग शाहका अनुसार उक्त बैठकले मन्त्रीहरुलाई पनि फिर्ता हुन निर्देशन समेत दिएको छ । उक्त बैठकमा माधव कुमार नेपाल पक्षका सांसद भने अनुपस्थित थिए ।

बैठकमा नआएका सांसदहरुलाई स्पष्टिकरण सोध्ने निर्णय भएको बताइएको छ । नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला रहेका छन् ।

त्यस्तै, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।

५१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया