शुक्रबार १९ जेठ २०८०

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि ‘बा’ भएकाहरुलाई वि’दा गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंको खु’ल्ला’मञ्चमा आयोजित सभामा बोल्दै सभापति लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब वि’दा गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘‘बा’हरु भएका छन् । ‘बा’हरुलाई सम्मान गर्ने ब्यक्तिहरु भएका छन् । अब ‘बा’हरु अगाडि ब’ढ्दैनन् । तर, अब समय प’रि’वर्तन भएको छ । म सबै ‘बा’हरुलाई आज सबै ‘बा’को मु’ख हेर्ने दिन स–सम्मान सन्देश दिन चाहन्छु । पछाडि ‘बा’ भएका तीन ‘बा’, केपी ‘बा’, ‘देउबा’ र नानीका ‘बा’’

उनले फेरि थपे, ‘पछाडि ‘बा’ भएकाहरु स–सम्मान बि’दा गरौं । किन कि अगाडि ‘बा’ भएका (बालेन साह) हरु डोजर लिएर निस्किसके । अब पछाडि ‘बा’ भएकाहरुलाई स–सम्मानसहित बि’दा गर्नुपर्ने हुन्छ जनताले उहाँहरुले दिनुभएको यो’गदानका लागि ।’

यसका साथै उनले राजनीतिक दलका शीर्ष नेताहरुले वि’गतमा गरेका केही यो’गदानप्रति सम्मान रहेको भएपनि उनले अहिले भने उनीहरुको काम घि’न’लाग्दो भएको बताएका छन् ।

१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया