शुक्रबार १९ जेठ २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको सर्दु खोलामा पुगेर विक्षरोपण गरेका छन् । शुक्रबार दिउँसो धरान पुगेका अध्यक्ष प्रचण्डले सर्दु खोला किनारमा विरुवा रोपेका हुन् ।

यसअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङले अध्यक्ष प्रचण्डलाई वृक्षरोपण कार्यक्रममा सरिक हुन आउन आग्रह गरेका थिए । सोही आग्रहलाई स्वीकार गर्दै धरान उपमहानरपालिकाको आयोजना र वरिष्ठ जनावादी गायक जेवि टुहुरेको स्मृतिमा अध्यक्ष प्रचण्डले वृक्षरोपण गरेको उनको सचिलालयले जनाएको छ ।

यो पनि :- चितवनमा ५८ हजार एक सय २९ मतदाता थपिए :
चितवन / जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दा’बी वि’रोध)का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ ।

कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुगी सक्ने छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नामावली अद्यावधिक गर्न लागिएको हो । १३ गतेदेखि १५ गतेसम्म मतदाता नमावलीमा रहेको त्रु’टि सच्याउने, झु’टा विवरण दिई नामावलीमा नाम द’र्ता गराएको भए उ’जु’री दिने, मतदाताको नाम एकभन्दा बढी जिल्लामा भएको भए एक स्थानमा मात्र कायम गर्न नि’वेदन दिने रहेका छन् ।

यस्तै १३ गतेदेखि १६ गतेसम्म नागरिकता त्याग गरेका वा मृ’त्यु भएका मतदाताको नामावली हटाउनको लागि सूचना दिने, बसाई सरी अन्यत्र गएको, मृ’त्यु भएको, नागरिकता त्याग गरेका वा नागरिकता र’द्द भएका मतदाताको विवरण स्थानीय पञ्जीकाधिकारीबाट प्राप्त गर्न, १३ देखि १७ गतेसम्म उ’जु’री परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, नागरिकता त्या’ग गरेका, र’द्द भएका, बसाई सरी अन्यत्र गएका र मृ’त्यु भएका मतदाताको नामावली ह’टा’उने निर्णय गर्ने छ ।

यस्तै १६ र १७ गते हटाउने निर्णय भएका नामावली हटाउने, १७ र १८ गते उ’जु’री परेका मतदातालाई प्रमाणसहित सफाइका लागि आएका मतदाताको नाम हटाउने वा राख्ने निर्णय गर्ने, त्रु’टि सच्याउने र नाम हटाइएको सूचना कार्यालयमा प्रकाशन गर्ने रहेको छ ।

जिल्लामा हाल चार लाख १२ हजार एक सय ६५ मतदाता रहेका छन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । सो निर्वाचनमा भन्दा ५८ हजार एक सय २९ मतदाता थपिएका छन् । रासस

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया