आइतबार २१ जेठ २०८०

काठमाडौं / कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड वि’परितका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चे’तावनीपछि पनि अटेर गरेका कारण आज नगरपालिकाले त्यस्ता अ’वै’ध संरचना डोजर लगाएर भत्काएको हो । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित थिए ।

नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पास वि’परीत सो संरचना बनेकाले भ’त्काउनुपरेको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सुनिता शाक्यले बताए ।

महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्ड वि’परीत भएको र सार्वजनिक आवागमनमै बा’धा पार्ने भएकाले भ’त्काउन अनुरोध गरिएको जानकारी पनि उपमेयर शाक्यले दिए ।

“उहाँहरुसँग नै महर्जनले आफ्नो संरचना आफैँ भत्काएर हटाउने प्रतिबद्धता जनाउनुभएको रहेछ । तर हामी आइसकेपछि पनि अनुरोध गर्दा नहटाइएपछि भ’त्काउन बा’ध्य भयौँ”, उनले थपे ।

नियम वि’परीतका संरचना हटाउन स्थानीय जनताले पहिलेदेखि नै मा’ग राख्दै आएको उपप्रमुख शाक्यले बताए । यससँगै नगरपालिकाले सार्वजनिक जग्गा मि’चेर बनाइएका संरचना हटाउने कार्य छिट्टै थाल्नेसमेत उनको भनाइ थियो । न्यु’ज 24 नेपाल बाट ।

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया