
चितवन / चितवनमन बन्दकाे अ’व’ज्ञा गरेकाे भन्दै भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तो’ड’फोड गरिएको छ । तो’ड’फोड गरेको आ’रोपमा प्रहरीले पाँच ब’न्द’कर्तालाई प’क्रा’उ गरेको छ भने चार वटा मोटरसाइकल नि’यन्त्रणमा लिएको छ ।
ब’न्दकर्ताले प्रदेश ३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक, प्रदेश२–०३–००१ ख ००९८ नम्बरको बसमा ढु’ङ्गाले हा’नेर सिसामा क्ष’ति पुर्याएका छन् ।
प”क्रा’उ पर्नेहरुमा भरतपुर महानगरपालिका–२३ बस्ने बर्ष ३५ को अमित घिसिङ, बा ८० प ९०२४ नम्बरको मोटरसाइकल चालक बारा घर भइ हाल भरतपुर–९ बस्ने बर्ष २१ को राजन बाबु सिंह, ना ३१ क ६८१० नम्बरको मोटरसाइकल चालक भरतपुर–७ बस्ने बर्ष ३२ को सुरज शर्मा र पछाडी सवार बर्ष २४ को सुदिप पौडेल रहेका छन् ।
त्यस्तै, भरतपुर–२ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ठ र बागमती प्रदेश ०३–००१ प ६८०५ र ना ५६ प ८५५४ नम्बरको मोटरसाइकललाई प्रहरीले नि’य’न्त्रणमा लिएको छ । अहिले प्र’ह’रीले स्कटिङ गरेर सबारी साधन सञ्चालन भईरहेकाे छ । – केदार शर्मा / न्यू’ज 24 नेपाल बाट ।