
धरान / सर्दू जलाधारको सीमाङ्कन गर्न र रोक्का जग्गा फुकुवा गर्न मा’ग गर्दै दुई साता अघिदेखि आ’न्दो’लित धरान १३ र ४ का स्थानीयले हिजो धरान उपमहानगरपालिकाको कार्यालय घे’रा’उ गरेका छन् ।
उपमहानगरपालिकाका साथै उनीहरुले धरान १३ को वडा कार्यालय र मालपोत कार्यालय पनि घे’रा’उ गरेका थिए । जलाधारको नाममा शहरी क्षेत्रका जग्गा रो’क्का गरिएपछि जनताले ध’र्ना दिएको स्थानीय टिका राईले जानकारी दिए ।
सर्दू जलाधारका नाममा नपरेका जग्गा सिमांकनसहितको फुकुवा गर्न शान्तिपूर्ण आ’न्दोलन गरेको पी’डित सरोज तामाङ बताउँछन् । धरान १३ र ४ को निशाने खोलाको खोल्सीदेखि पूर्व शिखरवासदेखि दक्षिण सूर्य मार्गसम्मको बस्ती हालसम्म नउठेको हुनाले त्यहाँका स्थानीयले मुआब्जा नलिएको बताउँदै आएका छन् ।
जलाधार घोषणा भई राजपत्रमा प्रकाशित गरेपछि साँगुरी र सारंगा आसपासका बस्ती उठाएर मोरङको पथरीशनिश्चरे र बयरवनमा धनीपुर्जासहित सट्टाभर्ना दिइएको थियो । तर यता जलाधार क्षेत्रको जमिनको भने लगतकट्टा नभएकाले समस्या उत्पन्न हुँदै आएको छ । – प्रदेश पो’र्ट’ल बाट ।