
काठमाडौं, ५ भदौ / नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको नि’ध’न भएको शो’कमा सिराहाको लहानमा बिदा दिइएको छ ।
नगर क्षेत्रभित्र शो’क बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका क्याम्पसहरू, शैक्षिक प्रतिस्ठानहरू र उद्योग बन्द रहने छन् ।
‘उहाँ हाम्रो प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो, त्यसैले नगर मातहतमा रहेका कार्यालयमा शो’क बिदा दिइएको छ’ मेयर चौधरीले भने, ‘उद्योगी व्यवसायीहरूले पनि बजार ब’न्द गर्ने निर्णय गर्नु भएको छ ।’
लहान गिरीको गृहनगर हो । उनले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अ’न्त्ये’ष्टि जिल्लाकै बस्तीपुरमा गरिदिन आग्रहसमेत गरेका थिए । नेपाली कांग्रेसले पशुपतिमै उनको अ’न्ति’म संस्कार गर्ने निर्णय गरेको छ ।
कांंग्रेस नेता तथा समाजवादी चि’न्तक प्रदीप गिरिको अन्तिम संस्कार आ’र्य’घाटमा गर्ने सूचना पार्टी कार्यालयले वक्तव्यमार्फत दिएको छ । स्वयम् गिरिले आफूलाई भेट्न आउनेहरूसामु सिरहाको बस्तीपुरमा अ’न्त्ये’ष्टि गराइदिन आग्रह गरेको थाहा भएको छ ।
विगत ४० वर्षदेखि गिरिसँग सान्निध्यमा रहेका कांग्रेस नेता रामपल्टन साहले पछिल्लो भेटमा पनि गिरीको सोही इच्छा रहेको बताए । गिरीसँग अझ पुरानो संगतमा रहेका कुमुदरन्जन बरालले भनेका छन्,’प्रदीप दाइले पाकैडको रुखलाई हातले देखाउँदै भन्नुभएको थियो, म म’रे’पछि मलाई यही रुख छेउ ज’ला’उनू ।’
पत्रकार किशोर नेपालले यसको पुष्टि गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘प्रदीप दाइ चाहनुहुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको ता’म’झामबाट टाढा बस्तीपुरको शान्त बस्तीमा होस् । उहाँको यो इच्छा पूरा गर्न म सरकार र सम्बन्धितहरूसँग आग्रह गर्छु ।’