आइतबार २१ जेठ २०८०

काठमाडौं / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिका प्रमुख बालेन साहमाथि निरन्तर प्र’हा’र गरिरहेका छन् ।

केही दिन अघि काठमाडौं आएका साम्पाङले काठमाडौंको फोहोरको विषयलाई लिएर बालेनमाथि टि’प्पणी गरेपछि उनीहरुबिच सामाजिक संजालमा दोहोरी नै चलेको थियो ।

त्यतिबेला हर्कले फेसबुक स्टाटस लेख्दै भनेका थिए, ‘ काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फो’होरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो वि’जो’ग देख्दा श्रमदान गर्न मन लाग्यो।’

आफ्नै स्टाटसको प्र’भा’व भन्दै हर्कले त्यसको केही दिन पछि फेरि धरान फर्किएर स्टाटस लेखे – ‘जस्ले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्सेकम काम त शुरु गरे।’

सोही स्टाटसमा कमेन्ट गर्दै काठमाडौंका प्रमुख बालनेले जवाफमा भनेका छन् – ‘हो नी तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जितेको हो नी ।’

त्यसपछि हर्कले कमेन्टमा रिप्लाई दिएका थिएनन् । तर उनले अर्को दुई स्टाटसमा बालेन लक्षित जवाफ लेखेका छन् ।

पहिलो ‘आ’लो’चना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’

दोस्रो ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रि’स उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’

यतिकैमा केहीदिन हर्क र बालेनबीच वा’क’यु’द्ध रोकिएको थियो । तर हर्कले बिहीबार पुन फेसबुक स्टाटस लेख्दै बालेनप्रति क’टा’क्ष गरेका छन् ।

उनले भनेका छन् ‘मैले के भने कसरी भने भन्दापनि मैले भनेको कुराले कस्तो र कति तरङ्ग ल्यायो र का’ला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु । सी द रिजल्ट नट द वे ।’

त्यस्तै बिहीबार नै उनले अर्को स्टाटस लेखेका थिए – ‘सत्य स्वीकार्न गा’ह्रो हुन्छ तर सत्य सत्य नै हो । अब बिस्तारै काठमाडौं ता’ति’एर फो’होर व्यवस्थापन गर्नेछ । यी सब घो’च’पेच नभएको भए हुँदैन थियो । धन्यवाद युवा संघका युवाहरु र सबैलाई ।’

५०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया