बुधबार २२ मंसिर २०७८

मानिसका इच्छा अनौठा हुन्छन् । संसारमा आफुलाई फरक सावित गर्न मानिसले अनेक काम गर्छन् । व्यवसायमा पनि त्यस्तै प्रतिस्पर्धा हुन्छ । आफुलाई संसारमै फरक देखाउन होडबाजी चलेको हुन्छ ।

यस्तै होडबाजीमा भियतनामको राजधानी हनोइमा सुनै सुनको होटल खुलेको छ । सो होटलको ढोका, कप, टेवल, धारा, वासरुम, खाना खाने भाँडा सबै सुनको छ । यो होटलको सुरुवात २ जुलाईमा भएको हो । होटलको सुभारम्भ भएसँगै संसारभर यसको चर्चा पनि सुरु भएको छ ।

होटलको नाम डोल्से हनोई गोल्ड लेक राखिएको छ । यो होटलको गेट देखि कप समेत सुनकै बनेका छन् । यो होटल स्टार होटल हो । जो २८ तले भवन छ । जसमा ४०० वटा कोठा रहेका छन् । जसको ढोकामा पनि ६४ वर्ग फीट गोल्ढ प्लेटेड टायल लगाइएको छ । होटलको स्टाफले लगाउने ड्रेस कोड पनि रातो र गोल्डन राखिएको छ ।

लबीमा राखिएको सजावटमा पनि सुनकै जलप छन् । हेर्दा सबै होटल सुनैसुनको देखिन्छ । वॉशरूमको बाथटब, सिंक, शॉवर देखि सबै सामान सुनको बनाइएको छ । वेडरुपका फर्नीचर र सज्जाका सामान सवै सुनको प्लेगिगं गरिएको छ ।

छतमा इन्फिनिटी पूल बनाइएको छ । जसवाट हनाई शहरको मनोरम दृष्य देख्न सकिन्छ । छतमा पनि गोल्ड प्लेटेड गराइएको छ । उद्घाटनका दिनमा पुगेका पाहुनाहरुले छतवाट देखिने मनोरम दृष्यमा रुचि देखाएका थिए भने कतिले सुनको सावरमा तस्विर खिचाएका थिए । होटलको दक्षिण-पूर्व एशियामा सबैभन्दा महंगो र आरामदायी होटल भनेर भनिएको छ । यो होटल बनाउनुको कारणका बारेमा बताउँदै भनिएको छ । यसले मानसिक तनाव कम गर्न मद्धत गर्ने छ ।

यति धेरै लगानी गरिएको यो होटलमा बसेको भाडा कति लाग्छ होला ? होटल ब्यवस्थापन पक्षले भनेको छ । यो होटलमा बसेको एक रातको करिब १ लाख २५ हजार रुपैयाँ लाग्नेछ । यो होटलको सुरुवाती रुमको भाडा नै ३५ हजार रुपैयाँवाट सुरु हुन्छ ।

यो होटलमा यस्तो ६ वटा विशिष्ट रुमहरु छन् । डबर रुम सुइटमा बसेको एक रातको करिब १ लाख २५ हजार रुपैया पर्नेछ । ६ प्रकारका सुइट रुम रहेको होटल ब्यवस्थापन पक्षले जनाएको छ । सबैभन्दा विशिष्ट रुमका लागि एक रातको करिब ८ लाख रुपैया छ । तस्विर तल हे’र्नुहोस :

७७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया