सोमबार १० आश्विन २०७९

स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ । शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ ।

सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मा’न’सिक अवस्थालाई समेत स्वस्थ राख्छ । अहिले स्वस्थ रहनुका साथै तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा छ ।

दौडले मु’टु र फो’क्सोलाई मात्रै नभई शरीरका अन्य मां’स’पेशीलाई समेत बलियो बनाउने काम गर्छ । स्वास्थ्यका लागि धेरैले दौडिन चाहन्छन् । तर उनीहरुले दौडिंदा अपनाउनुपर्ने सा’व’धानी नअपनाउँदा समस्या हुने गर्छ । जसका कारण शरीरका साथै मांसपेशी दु’ख्ने, खुट्टा दु’ख्ने, ह’ड्डी तथा जोर्नीहरु दु’ख्ने र मांसपेशी फ्या’क्चर हुनेसम्मको स’म्भा’वना रहन्छ । यस्ता समस्याबाट ब’च्न यसरी दौडिन सकिन्छ :

वार्मअप गर्ने: बिहान वा बेलुका दौडिने बानी छ भने वार्मअप गरेर मात्रै दौडिनुपर्छ । सिधै दौडिंदा मांसपेशीमा समस्या आउन सक्छ । वार्मअप विना दौडिंदा खुट्टा दु’ख्न सक्छन् भने मांसपेशीमा ऐ’ठ’न हुन सक्छ । शरीर दौडिन तयार भएपछि मात्रै दौडिनु उपयुक्त हुन्छ । दौडिनका लागि वार्मअपका साथै आफू पनि मा’न’सिक रुपमा तयार हुनुपर्छ ।

केही मात्रामा कार्ब्स खाने: अधिकांश सर्वसाधारणको दौडिनु पूर्व केही नखाएरै दौडिने बानी हुन्छ । तौल घ’टा’उन लागेकाले झन् खाएर दौडियो भने तौल घट्दैन भन्ने सोच्छन् । तर त्यस्तो होइन । दौडिनुभन्दा पहिला केही खानेकुरा खाएमा त्यसले शरीरलाई वार्मअप गर्न र दौडिन ऊ’र्जा दिन्छ । जसले हाम्रो शरीरलाई फाइदा पुर्‍याउँछ । यदि दौडका साथै मांसपेशी बढाउने चाहना छ भने व्यायाम गर्नु र दौडिनुभन्दा पहिले केही मात्रामा काब्र्स खानु शरीरका लागि फाइदाजनक मानिन्छ । यसले मांसपेशीलाई मजबुत बनाउने काम गर्छ ।

शरीरलाई सिधा राख्ने: दौडिंदा शरीरलाई सही तरिकाले राख्नुपर्छ वा सिधा राख्नुपर्छ । दौडिंदा हामीले मेरुदण्ड र ह’ड्डीलाई सिधा राख्नुपर्छ । दौडिंदा टा’उ’को न’झु’काउने, छा’तीलाई सही आकारमा राख्ने, तीव्र गतिमा दौडिंदा ध्यान पुर्‍याउनुपर्छ । शरीरका लागि सिधा दौडिनुपर्छ ।

दौडिंदा बीचमा वाक गर्ने: दौडिंदा बीचबीचमा ब्रेक लिन सकिन्छ । यसका लागि बीचमा बिस्तारै हिंडेर पनि अगाडि बढ्न सकिन्छ । पहिलोपटक दौडिनेहरुका लागि यो निकै उपयोगी हुन्छ । यसो गर्दा थ’का’न कम लाग्नुका साथै सास फु’ल्नबाट बच्न सकिन्छ । बीचमा ब्रेक लिंदा शरीरलाई त’ना’व कम हुने र दौडिने श’क्ति कायम रहिरहन्छ ।

बेलाबेला पानी पिउने: दौडिंदा शरीरमा पसिना निस्किन्छ, यस्तोमा शरीरमा पानीको कमी हुन्छ । शरीरमा पानीको मात्रा कमी हुन नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानीको अ’भा’व भएमा डिहाइड्रेसनको समस्या हुन्छ । दौडिंदा बेलाबेला थोरै मात्रामा पानी पिइरहनुपर्छ । पानी खाएर दौडिन वा दौडिंदा पानी खान नसक्ने भए दौडिसकेपछि प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ ।ओन्ली माइ हेल्थबाट

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया