शुक्रबार १९ जेठ २०८०

तपाईं आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहानुहुन्छ भने ब्रह्म मुहूर्तमा ओछ्यान छाड्नुहोस् । यदी कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दो’ष भएमा भाग्यले साथ दिँदैन । कुण्डलीको दो’षबाट टाढा रहनका लागि ज्योतिष शास्त्रमा कयौँ उपाय अपनाउन सकिने शास्त्रले बताएको छ । शास्त्रमा यस्तो भनिएको छ :-

वर्ण कीर्ति मन्ति लक्ष्मी स्वास्थ्यमायुश्च विदन्ति ।
ब्राह्मो मुहूर्ते संजाग्रच्छि वा पंकज यथा ।।

यो श्लोकअनुसार ब्रह्म मुहूर्तमा उठ्नाले व्यक्तिको सुन्दरता, धनलक्ष्मी, ज्ञान, स्वास्थ्य तथा लामो आयु प्राप्त हुनेछ । हरेक दिन बिहानै उठ्ने मानिसको शरीर कमलको जस्तै सुन्दर हुने बताइन्छ ।

अझ स्त्री मान्छेले विहान सबेरै उठेर यस्ता काम गर्दा वैभव प्राप्त हुने शास्त्रले जनाउँछ । विहान सवेरै उठेर पूजा पाठ गर्दा त्यसको पुण्य पतिलाई पनि मिल्ने विश्वास गरिन्छ । ज्योतिषले केही यस्ता उपाय बताएका छन् । जुन उपाय स्त्रीले अपनाउदा उनका पतिको दु’र्भा’ग्य ह’टे’र भा’ग्यले साथ दिने विश्वास गरिन्छ ।

महालक्ष्मीको कृपाविना पैसासँग सम्बन्धित कुनै पनि काम राम्रोसँग पूरा हुँदैनन् । जुन व्यक्तिमाथि लक्ष्मी माताको कृपा रहन्छ, त्यस्ता व्यक्तिलाई कहिलै धनको कमी हुँदैन । लक्ष्मी माताको कृपा पाउनका लागि केही उपाय छन् । ती उपाय अपनाउदा लक्ष्मी माताको कृपा मिल्ने ज्योतिष शास्त्रले बताउँछ ।

शास्त्रमा स्त्रीलाई महालक्ष्मीको रुप मानिन्छ । त्यसैले कोही महिलाले पूजा पाठ गर्दा त्यसको फल पतिसहित घर परिवारलाई मिल्ने विश्वास गरिन्छ । शास्त्र अनुसार विहान महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने गर्छिन् । यस क्रममा जुन घरमा सरसफाई र पवित्रता हुन्छ त्यो घरमा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ । त्यसैले विहान पुरै घरको सफाईमा ध्यान दिनपर्छ ।

स्नान आदी कर्म पश्चात सफा वस्त्र लगाएर घरको मन्दिरमा पूजा गर्नुपर्दछ । पूजामा तामाको भाँडोमा पानी भरेर राख्नु पर्दछ । पूजापछि उक्त भाँडोमा राखेको जल अशोकको पातले घरको मुख्य द्वारमा तथा पुरै घरमा छिट्नु पर्दछ । त्यसपछि तुलसीमा एक भाँडो जल चढाउनु पर्दछ। यस गर्दा सुख, सन्तुष्टि र बैभव मिल्ने विश्वास गरिन्छ । I support बा’ट ।

३५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया